आजको मौसम : केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने


काठमाडौं
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

छुटाउनुभयो कि ?

बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पु...
सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि शनिबार सार्वजनिक गरेको छ । ...
लुम्बिनी सरकारको हालसम्मकाे चालु बजेट खर्च जम्मा ४७ प्रतिशत

लुम्बिनी सरकारको हालसम्मकाे चालु बजेट खर्च जम्मा ४७ प्रतिशत

बुटवल लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा न...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौँसंवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्...