प्रविधियुक्त संयन्त्र सहितको सभ्य समाज नेपाल प्रहरीको अवधारणा: आईजीपी दान बहादुर कार्की


बुटवल
नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित र सभ्य समाज निर्माणमा नेपाल प्रहरी हरपल लागि रहेको वताएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले समाजमा सहयोगापेक्षित हरुलाई सहयोग गर्दै शान्ति, सुव्यवस्था, अमनचयन स्थापित गर्नका लागि हरेक नागरिक आफुले सत्कर्म गर्ने र समाजमा सकारात्मकता विस्तार गर्न आवस्यक रहेको धारणा राखेका थिए।


उनले नागरिक कानुनी मान्यता अनुसार अगाडि बढ्ने, कानुन नमान्ने लाई कारवाही संगै दोषीको पनी मानव अधिकारको प्रत्याभूति दिलाएर कार्य गर्ने वताएका छन्।
आईजीपी कार्कीले समस्यामा परेका नागरिकलाई कसैको भनीसुनी गर्न आवस्यक नपर्ने, समस्या लिएर प्रहरि समक्ष पुग्दा समस्याका आधारमा समाधान गर्न कशुर बांकी नराख्ने प्रतिवद्धता संगै प्रहरीलाई निर्देशन समेत दिएका छन्।
उनले प्रहरीको धर्म पुरा गर्न हरक्षण तैनाथ रहेको वताएका थिए।
प्रहरी मात्र नभएर हरेक नागरिकमा विनम्रता स्थापित हुन सकेमा सभ्य समाज निर्माणका लागि सहयोग पुग्ने बताए।
शुशासन स्थापित हुन साधन, श्रोत र जनशक्ति आवस्यक रहेकोले अमेरिकी संस्था युएनओपिस् को सहयोगमा उक्त सेवा केन्द्र निर्माण भएको र नेपालमा २हजार ६सय ६० कार्यालय रहेको र आधा कार्यलयहरूमा आवस्यक भवन नभएको वताए। अहिले देशभर ४२ भवनको उद्घाटन भईसकेको र १० गर्ने तयारी रहेको जानकारी दिए।
उनले ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुखको रुपमा काम गरेको अनुभव साट्दै यहाँका समस्याको जानकार रहेको र सक्दो सहयोग गर्ने वताए।


लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले शान्ति सुव्यवस्था कायम गर्न साधन ,श्रोत र जनशक्तिको आधारमा सक्दो काम गरिरहेको र अझ वढि लाग्ने जानकारी दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आईजीपी कार्की नियुक्तिले बुटवल वसेको र बुटवलको बारेमा जानकार रहेकोले सुरक्षित सहर निर्माणमा थप वल पुग्ने विश्वास लिएको वताएका थिए।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पौडेलले रुपन्देहीको बुटवलमा शुभारम्भ भएको उक्त भवनको कारणले सहयोगापेक्षित र न्यायको पक्षका काममा सहयोग पुग्ने विश्वास लिएको वताएका छन्।
उनले जिल्लाको शुशासनका लागि आफुले नागरिकलाई अनुभूति हुने गरी काम गरिरहेको र अझ बढी लाग्ने प्रतिबद्धता जनाएका छन्।


इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव समक्ष भवनको हस्तान्तरण गर्दै वोल्दै युएनओपिस् का वरिष्ठ सल्लाहकार पुर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले २ करोड ४१लाख ४३हजार ७सय५३ रुपियाँ १२ पैसाको लागतमा वनेको दुई तले भवनमा भुई तल्लामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पिडित आश्रय कक्ष, सोधपुछ -स्वागत कक्ष, बालबालिका कक्ष, बैठक कक्ष, प्रशासन अभियोजन कक्ष रहेको जानकारी दिए।
युएनओपिस् का सिनियर इन्जिनियर शिशिर उपाध्यायले वोल्दै २ सय८७ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको उक्त भवनको पहिलो तल्लामा प्रमुख आवास,भान्छा भोजन कक्ष, ब्यारेक, शौचालय रहेका छन्।
बाहिरी भागमा अपाङ्गमैत्री शौचालय रहेको छ।
भवन सौर्य उर्जा प्रणाली, तारवार सुरक्षात्मक संरचना र फर्निचर तथा उपकरणहरू जडित रहेको छ।

छुटाउनुभयो कि ?

प्रविधियुक्त संयन्त्र सहितको सभ्य समाज नेपाल प्रहरीको अवधारणा: आईजीपी दान बहादुर कार्की

प्रविधियुक्त संयन्त्र सहितको सभ्य समाज नेपाल प्रहरीको अवधारणा: आईजीपी दान बहादुर कार्की

बुटवलनेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित र सभ्य समाज निर्माणमा नेपाल प्रहरी हरपल लागि...
आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढ्यो, अन्यको यथावत्

आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढ्यो, अन्यको यथावत्

काठमाडौंनेपाल आयल निगमले हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा बढाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ...
लुम्बिनी प्रदेशका ३ उपमहानगरले पाए प्रमुख कार्यकारी, बुटवलमा दीपक ज्ञवाली

लुम्बिनी प्रदेशका ३ उपमहानगरले पाए प्रमुख कार्यकारी, बुटवलमा दीपक ज्ञवाली

बुटवलप्रमुख प्रशासकीय अधिकृत विहीन रहेका लुम्बिनी प्रदेशका ३ उपमहानगरले नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । सरकारले लुम्बि...
आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?

आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?

रुपन्देहीआज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ तारीक। संसारभर आज मूर्ख दिवस मनाइन्छ । प्रत्येक वर्ष अप्रिल १ मा मनाइने...