माैसम

देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । तर देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  ...
पश्चिमी वायुको प्रभाव कायमै : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका  पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू...
पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसह...
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान, राष्ट्रपति बाइडेनले भने– जीवन मरणको सवाल छ

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान, राष्ट्रपति बाइडेनले भने– जीवन मरणको सवाल छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, समाचार
काठमाडौं अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क...
कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

Breaking news 2, माैसम, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँ गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइउको छ । कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच ...
यी प्रदेशबाट बाहिरियो मनसुन

यी प्रदेशबाट बाहिरियो मनसुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको छ। बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट गत असोज २० नै मनसुन बाहिरिएको थियो। ‘मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,’ महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो। सरदर अक्टोबर २ मा मनसुन...
यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

Breaking news 1, माैसम, समाचार, समाज
यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् । अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ । विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदे...
दसैंमा कस्तो रहला मौसम?

दसैंमा कस्तो रहला मौसम?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ। तथापि नेपालको धेरै स्थानमा अझै वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेल बताउँछन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक समेत रहेका उनी पश्चिमी वायुको प्रभाव नदेखिए पनि सोमबार (आज) र यो हप्ताभरि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताउँछन्। त्यसो त मौसम पूर्वानुमान महाशाखाले पनि देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का...
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।  सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । ...
आज दिनभर भीषण वर्षाको सम्भावना : भोलि देखि मौसममा सुधार हुने

आज दिनभर भीषण वर्षाको सम्भावना : भोलि देखि मौसममा सुधार हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
बुटबल– देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ । अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्...