देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का  हिमपातको सम्भावना रहेको छ।

सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

काठमाडौँ गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।मंगलबार कांग्...
प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

असार १७ बुटवल, एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र ...
एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

रुपन्देही राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्...
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाह...