मुख्य नदीहरूमा जलसतह बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमान्डौ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।
शुक्रबार बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार, हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनीहरूको सहायक नदीहरू—कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्तीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, आगामी २४ देखि ७२ घण्टासम्म यी नदीहरूको जलसतहमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

कोशी जलाधार अन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र इन्द्रावती नदीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । नारायणी जलाधार अन्तर्गत नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आगामी तीन दिन जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ । कर्णाली र महाकाली जलाधार अन्तर्गतका नदीहरूमा आज र भोलि सामान्य वृद्धि भए पनि पर्सि उल्लेख्य वृद्धि हुने सम्भावना छ ।
साना नदीहरूमा पनि उल्लेख्य बहाव वृद्धि हुने सम्भावना रहेकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । विशेषगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोर्खा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा साना नदीहरूमा आजै बहाव उल्लेख्य रूपले बढ्न सक्ने चेतावनी दिइएको छ ।
त्यस्तै, इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कञ्चनपुर जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ ।

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही साना नदीहरूमा भोलि र पर्सि आकस्मिक बाढी आउने सम्भावना औंल्याउँदै तटीय क्षेत्रका बासिन्दा, नदी किनारमा बसोबास गर्नेहरू, सवारी साधन चालक र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...