देशभरका चिकित्सक आन्दोलित, शुक्रबारदेखि सेवा ठप्प पार्ने


बुटवल

आवासीय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर विरोध सभा गरेका छन । 

यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन् । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमबारे प्रकाश पारे । 

यसैबीच नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलको बिहिबार नै बसेको आकस्मिक बैठकबाट शुक्रबारदेखि आकस्मिक तथा सघन (आईसियु) उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय भएको महासचिव डा प्रकाश बस्नेतले बताए । ‘केन्द्रको निर्देशन अनुसार हामीले शुक्रबारदेखि ओपिडि सेवा बन्द गर्दैछौ ।’–उनले भने । 

चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकबाट आवासिय चिकित्सकहरुको पारिश्रमिकको विषयमा भएको निर्णय कार्यान्वयन नहुदा आन्दोलमा उत्रनुपरेको नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले बताए । स्वास्थ्यकर्मीहरुको सम्मान, हक अधिकार र सुरक्षाका लागि संघर्षका कार्यक्रम अघि बढाउन बाध्य भएको उनले बताए । घोषणा अनुसार  आवासिय चिकित्सकहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘अस्पतालमा अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेका छौ ।’– उनले भने । 

बैठकमा संघका सहसचिव मोहन तिवारीले यो आन्दोलन समग्र चिकित्सकको पक्षमा भएको बताए । आन्दोलनमा एक ढिक्का भएर आउन उनले सबै चिकित्सकहरुलाई आग्रह गरे । बैठकमा डा। योगेन्द्र अग्रहरीले आफु विदेशमा अध्ययन गर्दाको अनुभव बताउदै तलब पाउने ब्यवस्था विदेश रहेको बताए । नेपालमा यो कार्यान्वन गर्न जरुरी रहेको भन्दै यसमा सबै चिकित्सकहरु संस्थागत रुपमा नै आन्दोलनमा आउनुपर्ने सुझाव दिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...