पोर्चुगलमा सञ्चालित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द


काठमाडौँ । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो । 

अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिए । 

‘पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू बन्द भएको जानकारी गराइन्छ’, हमालले सूचनामार्फत जानकारी दिएका छन् ।मन्त्रीपरिषद् बैठकले पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूतको रूपमा सिफारिस गरिसकेको छ । 

makar

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...