पोर्चुगलमा सञ्चालित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द


काठमाडौँ । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो । 

अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिए । 

‘पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू बन्द भएको जानकारी गराइन्छ’, हमालले सूचनामार्फत जानकारी दिएका छन् ।मन्त्रीपरिषद् बैठकले पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूतको रूपमा सिफारिस गरिसकेको छ । 

makar

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...