गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी



अमर पन्थ
गुल्मी, ।
गुल्मी क्षेत्र नंं १ प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गर्दै घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।
सोही क्रममा गुल्मीको गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको घरदैलो कार्यक्रमका अवसरमा पाण्डेले आफ्नो भन्दा पनि नेकपा एमालेले लिएको नीति अनुसार जिल्लामा विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।
पाण्डेले नेकपा एमालेको २०५१ मा बनेको नेपालकै पहिलो कम्युनिष्ट सरकारले लिएको जेष्ठ नागरिक सम्मानको नीतिकै कारण बृद्धभत्ता मासिक चार हजार पुगेको बताउनु भयो ।
उहाँले मासिक एक सयबाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार पुगेको र बृद्धबृद्धा आमा बुवाका लागि अहिले बरदान सावित भएको बताउनु भयो ।
पाण्डेले नेकपा एमालेले लिएको राष्ट्रियताको नीतिकै कारण देशको विकास सम्मृद्धितर्फ अघि बढेको बताउनु भयो ।
उहाँले मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले आफ्नो एजेण्डा लिएर जनताामाझ जाने र विपक्षीलाई आरोप प्रत्यारोप नगर्ने प्रतिवद्धता जनाउनु भयो ।
पाण्डेले भन्नुभयो– निर्वाचनमा हामी हाम्रो एजेण्डा लिएर जान्छौं, कसैको विरोध गर्दैनौं, जनतालाई हामी हाम्रो एजेण्डा सुनाउँछौं ।
उहाँले आफूहरु नेकपा एमालेको घोषणापत्र र प्रतिवद्धता पत्र लिएर चुनावमा जाने बताउँदै अहिले अरुको विषय भन्दा पनि आफूहरुले गर्ने काममात्र जनतालाई सुनाउने र बताउने उल्लेख गर्नुभयो ।
एमालेले विगतमा लिएको राष्ट्रिय नीतिकै कारण देश जोगिएको बताउँदै उहाँले एमालेले अंगीकार गरेको नीतिमै देश अघि बढेकोले मतदातालाई यो विषय पनि बुझाउने उहाँको भनाई छ ।
नेकपा एमालेको सरकारले विगतमा एक घर एक धाराको अभियान सुरु गरेको बताउँदै पाण्डेले नेकपा एमालेकै प्रतिवद्धता अनुसार आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपान, शिक्षा र स्वास्थ्यका कामलाई प्राथमिकताका साथ अघि बढाउने जनाउनु भयो ।
उहाँले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पु¥याउने प्रतिवद्धता समेत जनाउनु भयो ।
गठबन्धनको सरकारले देशमा महंगी बढाएको बताउँदै उहाँले महंगी नियन्त्रण गर्न पनि नेकपा एमालेको सरकार बन्नुपर्ने भएकोले एमालेका उमेदवारलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...