लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ


बुटवल
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौँको धुम्बाराहीबाट आइतबार मध्यराति पक्राउ गरेको हो ।
नेकपा एमालेकाे तर्फबाट लुम्बिनी प्रदेश सभाकाे निर्वाचित सांसद रहेकी रेखा शर्मालाई ८ वर्षदेखि एक बालिकालाई बन्दी बनाई घरेलु कामदारका रूपमा हिंसा र दैनिक कुटपिट गर्दै आएको अभियोगमा पक्राउ गरिएको हो।
उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन । महानगरले मुुलुकी फौजदारी संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो ।

शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन । महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए । हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो ।

यस्तो थियो घटनाः
काठमाडौँ महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौँको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गरिरहेका थिए । त्यस क्रममा ती नबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रम शोषण भएको बालिकाले खुलाएकी थिइन् ।

उनी ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी र आफूमाथि कुटपिट हुने गरेको पनि बताएकी थिइन् । घरधनी रहेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको परिवारले हात र पाइपले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम दिनहुँ गर्नुपरेको खुलाएकी थिइन् ।

आफूले ६ वर्षदेखि परिवार भेट्न नपाएको र दसैँमा समेत घर जान नदिएको उनको गुनासो समेत पाइएको थियो । सर्वेक्षणका कागजात परीक्षणका क्रममा इजलासले नाबालिकासँग गोप्य रूपमा समेत कुराकानी गरेको थियो । उनलाई यातना समेत दिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले प्रदेश सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी समेत दिएको थियो ।

नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

तत्कालीन सरकारको पालामा सांसद शर्मालाई शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगे पछि उनीमाथि कारबाही भएको थिएन ।

छुटाउनुभयो कि ?

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।अर्यालला...
युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् । ...
पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीको ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता शुरु भएको छ ।पत्र...
रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँसर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्त...