दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए


वीरगञ्ज
वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।
यसैबीच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका जानकारी दिए ।
“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।
गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...