प्रहरी नायव उपरिक्षक रानालाई बुटवलबाट विदाई


बुटवल
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ईन्द्र रानालाई विदाई गरिएको छ । बुटवलबाट अपराध महाशाखा काठमाण्डौमा सरुवा हुनु भएका रानालाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार विदाई गरेको हो ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले इलाका प्रहरीको नेतृत्वमा रही यस क्षेत्रको शान्ति सुरक्षामा डिएसपी रानाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । प्रनाउ रानाले इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड समालेयता यस क्षेत्रमा त्यसप्रकारका अप्रिय घटना नघटेको र स्थानीय संघसंस्थाहरुसंगको समन्वय समेत प्रभावकारी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा अन्य क्षेत्रमा रहँदा पनि बुटवलको साख कायम राख्न आग्रह गर्नुभयो ।
त्यसैगरी प्रनाउ रानाले यस क्षेत्रका व्यवसायिक संघसंस्था, जनप्रतिनीधिहरु र यस क्षेत्रका आम समुदायले गरेको सहयोगका कारण कुनै प्रकारको अप्रिय घटना हुन नपाएको भनाई राख्नुभयो । उहाँले आफू एक्लैले भन्दा पनि सबैको साथ र सहयोगले बुटवललाई शान्ति सुरक्षा कायम गर्न मद्धत मिलेको भनाई राख्नुभयो ।
संघमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्त ढकाल, सचिव प्रतिक पोखरेल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...