आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षा


काठमाडौं
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको जनाएको छ। शनिबार राति सार्वजनिक बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा साधारण बदली हुने देखिएको छ। ती प्रदेशका पहाडी र तराई भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि आइतवार पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...