पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन रोक


पाल्पा
पाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।

उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जानसक्ने जोखिम बढेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको छ ।

साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गर्ने र उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...