मन्त्रालयमा शिक्षक महासंघसँग वार्ता सुरु


काठमाडौँ

आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रालय पुगेपछि शिक्षामन्त्री रघुजी पन्तसँग मंगलबार साँझ वार्ता सुरु भएको छ । आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी ढिला गरि मन्त्रालय पुगेका थिए । शिक्षक प्रतिनिधि आएपछि वार्ता सुरु भएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने अनुमान गरिएको छ । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी छन् ।

शिक्षामन्त्री पन्त, सचिव दिपक काफ्ले सहभागी बैठकमा वार्ताको औपचारिक नेतृत्व भने शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले गरेका छन् । शिक्षकका मागहरुको सम्बोधन र आन्दोलन टुंगो लगाउने विषयमा शिक्षकहरुसँग छलफल केन्द्रीत रहेका मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्बाट आंशिक मागहरु पुरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफलकेन्द्रित रहेको छ । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनि प्रस्ताब गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराउने विषय टुंगो लगाएर सहमतिको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हडताल सहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...