मन्त्रालयमा शिक्षक महासंघसँग वार्ता सुरु


काठमाडौँ

आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधि शिक्षा मन्त्रालय पुगेपछि शिक्षामन्त्री रघुजी पन्तसँग मंगलबार साँझ वार्ता सुरु भएको छ । आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी ढिला गरि मन्त्रालय पुगेका थिए । शिक्षक प्रतिनिधि आएपछि वार्ता सुरु भएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सोमबार रातिसम्म भएको छलफल सकारात्मक उन्मुख रहेकाले निर्णायक वार्ता हुन सक्ने अनुमान गरिएको छ । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी छन् ।

शिक्षामन्त्री पन्त, सचिव दिपक काफ्ले सहभागी बैठकमा वार्ताको औपचारिक नेतृत्व भने शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले गरेका छन् । शिक्षकका मागहरुको सम्बोधन र आन्दोलन टुंगो लगाउने विषयमा शिक्षकहरुसँग छलफल केन्द्रीत रहेका मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्बाट आंशिक मागहरु पुरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफलकेन्द्रित रहेको छ । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनि प्रस्ताब गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराउने विषय टुंगो लगाएर सहमतिको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हडताल सहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...