संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था उत्कृष्ट ब्यवस्था: सभामुख घर्ती


बुटवल

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था उत्कृष्ट ब्यवस्था भएकाले यस्को विकल्प अरु हुन नसक्ने बताउनु भएको छ । पाल्पाली समाज नेपालले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान , पात्रो बिमोचन तथा जनस्वास्थ्य शिबिर कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभामुख घर्ती मगरले यसमा प्रश्न चिन्ह उठाउनु अस्वभाबिक भएको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई प्रबर्द्धन र सुदृढीकरण जरुरी रहेको बताउनु भयो । उहाँले यो ब्यवस्था बिश्वकै उत्कृष्ट ब्यवस्था भएको बताउनु भयो ।” नेतृत्वको कार्य शैली परिवर्तन गर्नु पर्ला । ” उहाँले भन्नू भयो- ब्यवस्था गलत होईन । यो ब्यवस्था सबै भन्दा राम्रो ब्यवस्था हो गणतन्त्रलाई सुदृढीकरण गर्नु पर्छ । त्यस तर्फ अग्रसर बनौ ।” पाल्पालीहरुको स्वाभिमानी र ईमान्दारीका कारण सबैको बिश्वास जित्न सफल भएको बताउनु भयो ।

उहाँको समाजलाई सकारात्मक दिशा तर्फ लैजान सामाजिक संघसंस्थाको महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो । समाजका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षता, निवर्तमान अध्यक्ष एम बि विस्वकर्मा स्वागत, उपाध्यक्ष जित बहादुर भाटको संचालन तथा लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा बुटवल १ शिखर देउराली पार्कमा भएको कार्यक्रममा प्रा डा सुर्य बहादुर जिसि, पुर्ब महासचिव जगत बहादुर पोख्रेल , पाल्पाली समाज सैनामैना अध्यक्ष रुमाखर गौतम, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य निलम गौतम ,शिखर देउराली पार्क ब्यवस्थापन समितीका कोषाध्यक्ष पदमलाल शाक्य ,पाल्पाली समाज भैरहवा क्षेत्रका रण बहादुर कुँवर, रिब्दिकोट ठिमुर सम्पर्क समाजका अध्यक्ष समुन्द्र जिसि, पालुङ मैनादी रुपन्देही सम्पर्क समाजका अध्यक्ष पदम नेपाल, पाल्पा फेक रुपन्देही सम्पर्क समाजका अध्यक्ष हरि कार्की, बगनासकाली रुपन्देही एकता समाज कोमल प्रसाद बस्याल, पाल्पा भैरवस्थान रुपन्देही सम्पर्क समाजका अध्यक्ष मेघराज कंडेल, रबिन्द्र कार्की लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

नव बर्षको अवसरमा समाजले कान्तिपुर बुटवल सिटि पोलिक्लिनिक र नेसनल प्याथल्याव प्रयोगशालासंगको सहकार्यमा स्वास्थ्य परिक्षण शिबिर समेत संचालन गरेको थियो । शिबिरबाट समाजका सदस्य तथा स्थानीय गरि ६५ जना लाभान्वित हुनु भएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो । सोही कार्यक्रममा पालिका तथा सबिकका गाबिस स्तरीय सम्पर्क समाजलाई समाजको बिधानको परि च छेद ३ को दफा ६(४) बमोजिम सस्थागत मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...