सामाजिक सञ्जाल नियमन विधेयक हु-बहु लागु हुनुहुँदैन: सरोकारवाला


बुटवल

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा मङ्गलबार बुटवलमा गरिएको सामाजिक सञ्जाल नियमन विधेयक सम्बन्धी नागरिक संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुनुपर्ने र यसको नकारात्मक र सकारात्मक पक्षको ठूलो महत्व रहेको बताएका छन्।

वक्ताहरुले विकृति हटाउन आवश्यक रहेको तर हुबहु लागू गर्न नहुने बताएका हुन्। बढ्दो प्रविधिले मानव जीवनमा अहम भूमिका खेलेको उदाहरण दिँदै यसमा रहेका व्यक्तिका कुण्ठा र स्वार्थमा लाग्न नहुने बताएका छन्। विधेयकमा भएका राम्रा पक्षको स्वागत गर्दै कतिपय विषयहरुमा विमति रहेको उनीहरुको भनाइ थियो । वक्ताहरुले देशमा कुनै पनि नीति नियम बन्दा सरोकारवालाहरु र विज्ञहरुसँग विचार- विमर्श गरी निर्णय गर्नु उचित हुने धारणा राखेका छन्।

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल ,वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे , बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, उपभोक्ताहित संरक्षणका अध्यक्ष समुन्द्र जिसी, नेकपा एमालेका नेता देवराज पोखरेल ,नेपाली कांग्रेसका नेता ज्योति भण्डारी र युवराज गिरी, नेकपा माओवादीकेन्द्रका महेन्द्र भुसाल, नेकपाका सरद ओली, नेमकिपाका सुन्दर बासी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पत्रकारहरु दामोदर खनाल, ऋषि आजाद, विष्णु भुषाल ,श्याम पोखरेल ,बिनोद परियार , टिसार शर्मा ,कृष्ण खनाल आईटि विज्ञ राजिव गाैतम, ईन्जिनियर सागर भुसाल तथा शान्ति समाजका कृष्ण पाण्डे ,लिलाधर लुइटेल लगायतले बोल्दै सामाजिक सञ्जालमा रहने विकृति नियमन आवश्यक रहेको तर सरोकारवालासँग छलफलबाट अगाडि बढ्नुपर्ने र हु-बहु पारित हुन नहुने धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...