प्रेस चौतारी नेपाल रूपन्देहीको अधिवेशन, खोजमूलक र न्यायपूर्ण समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व: अध्यक्ष गणेश बस्नेत


रुपन्देही

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवर्धन , खोजपूर्ण व्यावसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्नु प्रेस चौतारीको मूल उद्देश्य रहेको बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देही शाखाको २६औं साधारण सभा तथा ८औं अधिवेशनमा बोल्दै उनले प्रेस चौतारी नेपाल सत्य र व्यावसायिक पत्रकारिताको मूलभूत मान्यतामा दृढतापूर्वक उभिएको बताए। लोकतन्त्र पूर्ण प्रेस स्वतन्त्रता साथै पत्रकारहरूको पेशागत सुरक्षाप्रतिको दायित्व प्रेस चौतारीले सधैं आत्मसा साथ गरेको बताए । उनले प्रेस चौतारीले नागरिकहरूमा सही सूचना र सन्देश प्रवाह गर्ने विषयमा प्रभावकारी भूमिका खेल्दै आएको र थप सुदृढ गर्नुपर्ने औलाए ।बस्नेतले २०५५ सालमा स्थापित प्रेस चाैतारिले पत्रकार महासंघमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे वताए ।उनले पत्रकारले समर्थन वा आलाेचना सुझवुझका साथ गर्नु पर्ने औंल्याए।

नेकपा ऐमाले पाेलिट व्युराे सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले प्रेस चौतारीमा आबद्ध पत्रकारले सत्य तथ्यको आधारमा जनताका दबिएका आवाजलाई मूल मन्त्र बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले सामाजिक एकता सहितको राष्ट्रियतालाई बलियो बनाउन सशक्त भूमिका निर्वाह गर्दै आएको र यसलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले सरकारले अगाडि सारेका योजनाहरुलाई आम संचार माध्यमबाट जनता माझ पुर्याउनुपर्ने बताउंदै राम्रा कामहरूमा समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले रुपन्देही पत्रकारिताका हिसाबले नेपालकै अग्र स्थानमा रहेको र यसको मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले देशका महत्वपूर्ण समयमा पत्रकारिताले उल्लेखनीय भूमिका निर्वाह गर्ने गरेको र थप सशक्त बनाउन लाग्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले विराटनगरमा हुँदै गरेको राष्ट्रिय महाधिवेशनले सशक्त रुपमा भूमिका खेल्दै आएको संगठनलाई थप मजबुत बनाउने गरी जिल्ला तह बाटै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकारिता साथै समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय परमानन्द खरेलको परिवारद्वारा स्थापित परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ मोहन चापागाईंलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो। साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार शंकर पाण्डे पुरस्कृत तथा सम्मानित भएका छन् भने दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द गति पुरस्कृत तथा सम्मानित भएका छन्।

प्रेस चौतारी नेपाल रूपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता रहेकाे कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थी ,पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे ,नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रेस चौतारी नेपाल रूपन्देहीका पूर्व अध्यक्षहरू बद्रीनाथ पाण्डे ,डिआर घिमिरे ,मोहन चापागाईं, शेरबहादुर केसी ,भरत केसी ,प्रदिप आचार्य ,अमृत गिरी तथा उपाध्यक्ष बीपी गौतम ,उपाध्यक्ष भगवती पाण्डे , सचिव केशव भण्डारी ,काेषाध्यक्ष दिनेश श्रेष्ठलगायतले बोल्दै पत्रकारिता समाजको ऐनाका रूपमा रहेकाले सत्यतथ्य र खोजमूलक पत्रकारितामा जोड दिनुपर्ने धारणा राखेका थिए।

अधिवेशनले वन्दसत्र पश्चात नयाँ नेत्तृत्व चयन गर्नेछ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...