एकैपटक ७५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस


नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

शनिबार बसेको बढुवा समितिको बैठकले  ७५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश विपषद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी छन्। उनको प्राप्तांक सयमा ९७.९९३४ छ।

दोस्रो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत छन्। कार्यसम्पादन मूल्यांकनमा उनले ९७.८४३४ नम्बर पाएका छन्।

सूचीको तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंह छन्।

सिफारिस अनुसार गृह मन्त्रालयले निर्णय गरेपछि बढुवा भएको पदमा पदस्थापन हुनेछन्।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...