सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन छठ पर्वले महत्वपूर्ण भूमिका खेलेको छः मुख्यमन्त्री आचार्य


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छठ पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको बताएका हुन्। 

लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिहरुको संरक्षण, सम्बर्द्धन लागि योजना निर्माण गरेर कार्यान्वयनमा लगेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको बताए। 

मौलिक चाडपर्वहरुले आपसी सद्भाव थप सुदृढ पार्न सहयोग गर्दै आइरहेको समेत उल्लेख मुख्यमन्त्रीले दिएको शुभकामना सन्देशमा उल्लेख छ।

‘यस पर्वले समाजमा सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन मद्धत गरेको छ। साथै धार्मिक विविधता र सहिष्णुताको भावनाको समेत विकास गर्न मद्धत गर्दै आएको छ। समानता र सामाजिक न्यायको लागि पनि यस पर्वले सन्देश प्रवाह गर्दै आइरहेको हुदा सोही अनुसारको व्यवहार प्रदर्शन गर्न जरुरी छ’शुभकामना सन्देशमा भनिएको छ,‘संविधानले पनि सबैप्रकारको विभेदको अन्त्य गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक एकताले समाज विकास गर्न सकिने कुरा स्पष्ट छ।’ 

यस्तै मुख्यमन्त्री आचार्यले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिएको सन्देशमा उल्लेख गरेका छन्।

भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। 

सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो। खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...