उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने निर्णय


२८ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ शर्माले भनिन् ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उपराष्ट्रपतिमा गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले हिजो उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

यादवको उम्मेदवारी खारेज नभएपछि अहिलेसम्म चारै जनाको उम्मेदवारी कायम छ । ती उम्मेदवारहरुलाई आज पाँच बजेभन्दा अगाडि उम्मेदवारी फिर्ताको समय दिइएको छ । पाँच बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ ।

उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...