पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा


तिलोत्तमा ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा गरिएको छ ।   पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरेपनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गर्नुभयो। 

संसदीय व्यवस्थामा सरकार बनाउने र ढलाउने खेल दुनियाँमा हुने भन्दै उहांले  बहुमतको सरकार किन गराउने खेल भयो र  किन सरकारहरु टिक्न सकेनन् भन्ने  विषयलाई समेटेर अर्को पुस्तक ल्याउन सुझाव समेत दिनुभयो ।

मुख्यमन्त्री गिरीले फरक प्रसंगमा बोल्दैआफूले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सकेसम्म राम्रो गर्न प्रयास गर्ने भन्दै राम्रो काम गर्न नसके नराम्रो काम भने गर्दै नगर्ने जिकिर गरे । आफू कामप्रति इमान्दार भएर लाग्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई लगायतले सरकारको यथार्थ चित्रण गरेको बताउनुभएको छ । 

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...