मूल्य वृद्धिको मुख्य मारमा तराईका जनता


४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षमा तराई क्षेत्रमा उच्च मूल्य वृद्धि देखिएको छ । पहाड र हिमालको तुलनामा तराई क्षेत्रमा महँगीदर बढी भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) को २ महिनामा उपभोक्ता मूल्य वृद्धि ५.१५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको वित्तीय प्रतिवेदनअनुसार चालु आवको २ महिनामा मूल्य वृद्धि दर ८.६४ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो दर ३.४९ प्रतिशत मात्रै थियो ।

यस अवधिमा तराईमा अधिक मात्रामा उपभोक्ता मूल्य वृद्धि हुँदा त्यस क्षेत्रका जनता मारमा परेका छन् । यस अवधिमा तराईमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले मूल्य वृद्धि हुँदा पहाडमा ८.८२ प्रतिशत र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत वस्तुको मूल्य बढेको छ । यस्तै, काठमाडौं उपत्यकामा महँगीदर ७.६२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्यको मूल्य ९.०२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आवको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घिउ तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्य वृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...