मूल्य वृद्धिको मुख्य मारमा तराईका जनता


४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षमा तराई क्षेत्रमा उच्च मूल्य वृद्धि देखिएको छ । पहाड र हिमालको तुलनामा तराई क्षेत्रमा महँगीदर बढी भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) को २ महिनामा उपभोक्ता मूल्य वृद्धि ५.१५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको वित्तीय प्रतिवेदनअनुसार चालु आवको २ महिनामा मूल्य वृद्धि दर ८.६४ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो दर ३.४९ प्रतिशत मात्रै थियो ।

यस अवधिमा तराईमा अधिक मात्रामा उपभोक्ता मूल्य वृद्धि हुँदा त्यस क्षेत्रका जनता मारमा परेका छन् । यस अवधिमा तराईमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले मूल्य वृद्धि हुँदा पहाडमा ८.८२ प्रतिशत र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत वस्तुको मूल्य बढेको छ । यस्तै, काठमाडौं उपत्यकामा महँगीदर ७.६२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्यको मूल्य ९.०२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आवको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घिउ तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्य वृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...
लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...