आजदेखि एसईई परीक्षा सुरु,५ लाख १२हजार ४२१ विद्यार्थी सहभागी


काठमाडौँ
परीक्षा नियन्त्रण कार्यालय ले आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको जनाएको छ।
कार्यालयका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलमा २३ विद्यार्थीले समेत परीक्षा दिइरहेका छन्।
यस वर्ष जापानको एभरेस्ट स्कुलसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षदेखि एसईईको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार परीक्षा सम्पन्न भएको तीन दिनभित्रै जाँच कार्य सक्ने गरी सबै केन्द्रमा सर्कुलर पठाइएको छ।
एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार मन्त्रालयको निर्देशनअनुसार नतिजा छिटो प्रकाशन गर्न केन्द्रमै परीक्षण गर्ने व्यवस्था गरिएको हो।

परीक्षा तालिका
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यसैगरी:

चैत्र २० गते – अनिवार्य नेपाली
चैत्र २२ गते – अनिवार्य गणित
चैत्र २३ गते – अनिवार्य विज्ञान
चैत्र २४ गते – अनिवार्य सामाजिक अध्ययन
परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ। गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षा १२ दिन ढिलो गरी सञ्चालन गरिएको हो।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...