राजावादीको आज भेला, आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी


काठमाडौं

नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ । समितिको आयोजनामा आज बिहिवार सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजाबादी हिन्दुबादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ । 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नबराज सुबेदिको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन् । उनले भने ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट ब्यबस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपुर्ण हुनेछ ।’ 

कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरुले अब हुने आन्दोलनमा समर्थन जनाउदै प्रतिबद्धता ब्यक्त गर्ने तयारी रहेको राजावादीहरुको दाबी छ ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...