प्रेस चौतारी श्रमजीवीको पक्षमा थप सशक्त बनोस्: पूर्व मुख्यमन्त्री लिला गिरी


रुपन्देही

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल रुपन्देही शाखाले आयोजना गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिट ब्युरो सदस्य लिलागिरीले श्रमबाट नै विकास र समृद्धि हासिल हुने हुनाले श्रमजीवी अग्रभागमा हुनुपर्ने र प्रेस चौतारी नेपाल रुपन्देही शाखाले पर्दा पछाडि रहेका श्रमजीवी सञ्चारकर्मीलाई सम्मान गरी प्रोत्साहन गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

बिहीबार बुटबलमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री गिरीले विश्वभर आज अर्थात् मे १ श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन को उद्देश्य पूरा गर्ने गरी एकताबद्ध भएको १३६औ दिवस मा पनि मजदुरहरूका माग पुरा हुन नसकेको र यसका लागि एकजुट भएर निरन्तर लाग्नुपर्ने बताउनुभयो।

उहाँले समाज परिवर्तन गर्ने प्रमुख मियो राजनीति भएकोले राजनीतिक स्थिरता र योजना अनुरूपका कामबाट मात्र विकास र समृद्धि सम्भव हुने हुनाले जनपक्षिय दल र सरकारलाई रचनात्मक रुपबाट सघाउनु पत्रकारको धर्म रहेको बताउनुभयो। गिरीले पत्रकारितामा निष्पक्षता हुनुपर्ने र विपक्षी दलहरुले सत्ता स्वार्थका लागि गरिएका भ्रामक गतिविधिलाई जनतासामु सत्यतथ्य ,विश्वासनीय रुपमा समाचार पुर्‍याउनुपर्ने पत्रकारिताको अभिभरा रहेको बताउनुभयो। सम्मानित हुने पर्दा पछाडिका श्रमजीवी सञ्चारकर्मीलाई बधाई तथा शुभकामना दिनुभयो।

नेकपा एमाले केन्द्रीय सल्लाहकार तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर बालकृष्ण चापागाईंले मजदुरहरूमा ढांड ,छल, दलाली नहुने र पसिना र श्रममा विश्वास गर्ने हुनाले श्रमजीवीलाई अग्र स्थानमा राख्नुपर्ने धारणा राख्नुभयो।

प्रेस चाैतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले पर्दा पछाडि रहेका श्रमजीवी सञ्चारकर्मीलाई पनि प्रोत्साहन र सम्मान गर्दा सबै सञ्चारकर्मीको सम्मान हुने हुनाले यसपटक उहाँहरुलाई सम्मान गरिएको बताउनुभयो।

सम्मानित हुनेहरूमा लामो समयदेखि दैनिक लुम्बिनीमा कार्यरत विष्णु खनाल, मेचीकाली दैनिकमा कार्यरत प्रमुख मेसिन अपरेटर नारायण सिंह जिसी, लुम्बिनी सामुदायिक टेलिभिजनका क्यामेरा पर्सन नगेन्द्र कार्की, रेडियो मुक्तिका प्राविधिक मनिषा बस्याल नेपाली र भैरहवा टेलिभिजनका प्राविधिक कृष्ण खनाललाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रमका संयोजक तथा प्रेस चौतारी नेपाल रुपन्देहीका सहसचिव सत्यनारायण मानन्धरद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको सञ्चालन सचिव विष्णु घिमिरेले गर्नुभएको थियो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...