प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे


रुपन्देही

प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

Bhagwati Pandey.jpeg
भगवती पाण्डे

चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष (महिला) मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सह–सचिव (खुल्ला) मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे रहेको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले बताए ।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन के.सी.ले बताए ।

त्यस्तै प्रदेश परिषद् सदस्यमा वी.पी. गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन् । उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् । साधारण सभा तथा अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । 

त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक डी.आर. घिमिरेले नवनिर्वाचित कार्यसमितिले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...