२७ वर्षपछि दिल्लीमा भाजपा सरकारमा  


काठमाडौं

भारतको निर्वाचन आयोगका अनुसार ७० सिटका लागि भएको दिल्लीको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ४८ सिट जित्दा आम जनता पार्टी (आप) ले २२ सिट जितेको छ । 

निर्वाचनमा आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल स्वयं चुनावमा पराजित भएका छन् । उनी तीनपटकसम्म लगातार दिल्लीको मुख्यमन्त्री भइसकेका छन् । 

सँगै पार्टीका शीर्ष नेता एवं उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि चुनाव हारेका छन् । 

यो चुनावी नतिजासँगै १२ वर्षपछि आप सरकारबाट बाहिरिएको छ भने २७ वर्षपछि भाजपा दिल्ली सरकारमा फर्कने भएको छ । 

कतिपयले दिल्लीमा आप र कांग्रेसबीचको लडाइँको फाइदा भाजपाले उठाएको विश्लेषण गरिरहेका छन् । द वायरमा अंकित राजले आपको पराजयको पछि संस्थापन विरोधी भावना, नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु, कांग्रेससँगको मतभेद र इन्डिया गठबन्धको विफलतालाई प्रमुख कारण भनेका छन् ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...