२७ वर्षपछि दिल्लीमा भाजपा सरकारमा  


काठमाडौं

भारतको निर्वाचन आयोगका अनुसार ७० सिटका लागि भएको दिल्लीको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ४८ सिट जित्दा आम जनता पार्टी (आप) ले २२ सिट जितेको छ । 

निर्वाचनमा आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल स्वयं चुनावमा पराजित भएका छन् । उनी तीनपटकसम्म लगातार दिल्लीको मुख्यमन्त्री भइसकेका छन् । 

सँगै पार्टीका शीर्ष नेता एवं उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि चुनाव हारेका छन् । 

यो चुनावी नतिजासँगै १२ वर्षपछि आप सरकारबाट बाहिरिएको छ भने २७ वर्षपछि भाजपा दिल्ली सरकारमा फर्कने भएको छ । 

कतिपयले दिल्लीमा आप र कांग्रेसबीचको लडाइँको फाइदा भाजपाले उठाएको विश्लेषण गरिरहेका छन् । द वायरमा अंकित राजले आपको पराजयको पछि संस्थापन विरोधी भावना, नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु, कांग्रेससँगको मतभेद र इन्डिया गठबन्धको विफलतालाई प्रमुख कारण भनेका छन् ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...