संघीय निजामती ऐनको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले थाल्यो बृहत हस्ताक्षर अभियान


साउन २५ बुटबल

कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबार देखि बृहत हस्ताक्षर अभियान शुरु गरेको छ । लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो। संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान शुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारी मैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको भन्दै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हान समेत गरेका थिए ।

संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेखि सङ्घीय निजामती सेवा ऐन विहीन अवस्थामा मुलुकको संघ प्रदेश र स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग गरेका थिए। आम राष्ट्रसेवक कर्मचारीले अघि सारेका मुद्दासहित सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनको भनाइ छ। संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले सङ्घीय ऐन जारी नहुँदा प्रदेश प्रदेशमा ऐन जारी भइसकेता पनि कार्यान्वन गर्न जटिलता उत्पन्न भएको टिप्पणी गरेका थिए। संगठन रुपन्देहीले आफ्नो नियमित बैठकबाट आफुहरुलाई मार्ग दर्शन गर्ने ऐन नहुँदा निजामती सेवा भद्रगोल हुनुका साथै ऐन ल्याउन दवावमुलक कार्यक्रम गर्नुपर्ने आबश्यकता रहेको महशुस गरी हस्ताक्षर अभियानको थालनी गरेको बताउँदै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुका साथै राष्ट्रिय स्तरका ट्रेड युनियनहरुलाई समेत उक्त अभियानमा एक्वेवद्धता प्रकट गर्न अनुरोध समेत गरेका थिए । अभियानको क्रममा अध्यक्ष खनालले ऐन जारी गर्ने विषयमा निरन्तर दबाब सिर्जना गर्न रुपन्देही संगठन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर अभियान समेत एक दवावमुलक कार्यक्रम रहेकोले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...