महिला एशिया कप क्रिकेट : नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित


४ साउन
महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे ।

प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो ।यूएईले दिएकाे १ सय १६ रनकाे लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जाेडिन् । यूएईकी कविशा इगाेदागेले ३ विकेट लिइन् ।

यसअघि श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे । यूएईकी खुशी शर्माले ३६, कविशा इगाेदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जाेशीले समान १ विकेट लिइन् ।नेपाल र यूएईकाे खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएकाे नवाैँ संस्करणकाे महिला एशिया कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।प्रतियाेगितामा अब नेपालले दाेस्राे खेलमा पर्सि पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह चरणकाे तेस्राे तथा अन्तिम खेल आउँदाे मङ्गलवार भारतसँग खेल्नेछ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...