महिला एशिया कप क्रिकेट : नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित


४ साउन ।
महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे ।

प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो ।यूएईले दिएकाे १ सय १६ रनकाे लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जाेडिन् । यूएईकी कविशा इगाेदागेले ३ विकेट लिइन् ।

यसअघि श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे । यूएईकी खुशी शर्माले ३६, कविशा इगाेदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जाेशीले समान १ विकेट लिइन् ।नेपाल र यूएईकाे खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएकाे नवाैँ संस्करणकाे महिला एशिया कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।प्रतियाेगितामा अब नेपालले दाेस्राे खेलमा पर्सि पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह चरणकाे तेस्राे तथा अन्तिम खेल आउँदाे मङ्गलवार भारतसँग खेल्नेछ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...