पाल्पा : दुई छुट्टाछुट्टै दुर्घटनामा आमा–छोरासहित ३ जनाको ज्यान गयो

पाल्पा – शनिवार पाल्पामा भएका दुई वटा दुर्घटनामा आमा-छोरासहित तीन जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करबाट दुई र ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेमा तानसेन नगरपालिका १३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा, उहाँकै आमा ३९ वर्षीया  मिना थापा र  भारत घर भइ अहिले स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका  छन् । 

प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि खानीगाउँका लागि छुटेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले त्यहीँतर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अभिषेक र उहाँकी आमा मिनाको ज्यान गएको हो । 

त्यस्तै पाल्पाबाट बुटवलका लागी छुटेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको  ग २ ख ८४३ नम्बरको ट्रकले तिनॉउ गाउपालिका ५ चौबीस माइलमा ठक्कर दिँदा चौधरीको ज्यान गएको हो । ट्रयाक्टर, ट्रक र दुबै चालककलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...