पाल्पा : दुई छुट्टाछुट्टै दुर्घटनामा आमा–छोरासहित ३ जनाको ज्यान गयो


पाल्पा – शनिवार पाल्पामा भएका दुई वटा दुर्घटनामा आमा-छोरासहित तीन जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करबाट दुई र ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेमा तानसेन नगरपालिका १३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा, उहाँकै आमा ३९ वर्षीया  मिना थापा र  भारत घर भइ अहिले स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका  छन् । 

प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि खानीगाउँका लागि छुटेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले त्यहीँतर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अभिषेक र उहाँकी आमा मिनाको ज्यान गएको हो । 

त्यस्तै पाल्पाबाट बुटवलका लागी छुटेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको  ग २ ख ८४३ नम्बरको ट्रकले तिनॉउ गाउपालिका ५ चौबीस माइलमा ठक्कर दिँदा चौधरीको ज्यान गएको हो । ट्रयाक्टर, ट्रक र दुबै चालककलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...