कहाँ छन मानवहादुर ?भेटेमा सम्पर्क गरिदिनु होला ।


कृष्ण अन्जाान भदौ २५ गुल्मी

पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा न ३ खस्यौली घर भएका साठी वर्षका मान बहादुर खडका यहि भदौ १७ गते देखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी पाल्पा देखी श्रीधर गौतम को साथमा भारतका बिजयावडा जान हिडेकोमा गोरखपुर देखी झाँसी सम्म ग्वालियर बरौनी मेलमा आएको र झाँसी देखि बिजयवाडा जानको लागि रेलको प्रतिक्षा गरिरहेका बेला सगैँ आएका साथी श्रीधर गौतम लाई म बाथरुम मा जान्छु भनी राति करिब आठ बजेर बीस जाँदा बाथरुमतिर लागेको बताईन्छ ।
मान बहादुर खडका धेरै समय सम्म नफर्केपछी साथमा आएका श्रीधर गौतमले मान बहादुर खड्का का छोरा शंकर खड्का र भारतको ऐेलुरमा रहेका अशोक कुवर लाई खबर गरेर जानकारी गराएका थिए । मानबहादुर खड्का विगत ४ बर्ष पहिले सम्म आन्ध्रप्रदेशको बिजयावाडामा कार्यरत रहेका थिए यो क्षेत्रको भाषाको कुनै समस्या पनि थिएन ।
रेल छुटेपछि उनी झाँसी,इटारसी,भोपाल जन्क्सन मा अलपत्र परेको हुनसक्ने आशँका उनका साथी हरुले गरेका छन । वेपत्ता भएका मान बहादुर सँग भारतिय सिम पनि नभएकाले अप्ठ्यारोमा रहेको देखिएको छ । यदि कसैले उनलाई देखेमा गणेश ज्ञवाली ८१२५३८८७८५,दिपक कुवर ९५०२४७८०७१,नारायण शर्मा ९४४१८८६६१२ साथै प्रवासी नेपाली संघ भारतका जिम्मेवार सदस्यहरुलाइ जानकारी गराइदिनको लागि प्रवासी नेपाली संघ भारत केन्द्रिय समिती सदस्य एबं आन्द्रा तेलंगाना संयुक्त राज्य समिती सचिव गणेश ज्ञवालीले आग्रह गरेका छन ।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...