सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु


२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ ।

सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्षमता छ ।मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् । मुख्य सुरक्षाको जिम्मा भने नेपाली सेनाको छ । सेनाको अनुमति लिएर मात्र कर्मचारीहरु आउ–जाउ गर्न पाउँछन् ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...