बुटवल नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध


 रातीदेखी परेको सिमसिम पानीका कारण दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । बर्दघाट दुम्किबास खण्डको घिउखोलामा चिप्लो बाटोको कारण सवारी आवागमन हुन नसकेको हो ।

आइतबार विहानैबाट सिमसिम पानी परेसँगै सवारी अवागमन हुन नसकेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । पछिल्लो समय बुटवल नारायणघाट सडकको दाउन्ने सडक खण्ड राती ११ बजेदेखी विहान ५ बजेसम्म सवारी सँचालनमा रोक लगाई सडक निर्माण काम हुँदै आएको थियो । आइतबार विहानै दुम्किबास क्षेत्रको घिउखोलामा बाटो चिप्लो हुँदा साना ठूला कुनै पनि सवारी सँचालन हुन नसकेका हुन ।

सडकको माथिल्लो माटोको तह काटेर सवारी सँचालनको प्रयास गरिए पनि निरन्तर सिमसिम पानीको कारण सवारी चल्न सकेका छैनन् । दुम्किबासबाट दाउन्ने तर्फ आउने सवारी उकालो चढन नसकेका कारण दुम्किबास ज्यामिरे खण्डमा रोकिराखिएको र बर्दघाटबाट जाने सवारीहरु पनि ओरालोमा चिप्लिएर दुर्घटना हुनसक्ने सम्भावना रहेकोले बर्दघाट क्षेत्रमै रोकि राखिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

सामान्य वर्षाहुँदा समेत सवारी सँचालन हुन नसक्ने दाउन्ने सडक खण्डमा यात्रुवाहक एवम् मालवाहक सवारीले घण्टौ जाम हुने समस्या भोग्दै आएका छन ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...