डा.नवराज अधिकारीले पाए  नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी


काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड(सेबोन) प्रशासकीय प्रमुखको जिम्मेवारी बोर्डका प्रवक्ता डा.नवराज अधिकारीले पाएका छन् । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन् ।गत साता रानाले अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाएका थिए । रानाले उक्त जिम्मेवारी सम्हालेपछि आफ्नो अनुपस्थिीमा बोर्डको काम कारबाही अघि बढाउन अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत चैतमा सरकारले धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर बोर्डमा अध्यक्ष रिक्त रहेको अवस्थामा अर्थमन्त्रालयको प्रतिनिधिले नै कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिएको थियो ।धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव प्रतिनिधि रहने व्यवस्था छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...