रुरुक्षेत्र १ काे रिडीमा एमालेकाे वडा स्तरिय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


कृष्ण अन्जान रिडी

कम्युनिस्ट क्रान्तिकाे सिद्धान्त पुँजीवादी दलालकाे जिम्मा लगाएर केही कम्युनिस्ट भनाउँदा पार्टीहरुले पदकाे भिख मागिरहेकाे एमाले नेता कमल राज श्रेष्ठले बताएका छन । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाकाे सँयाेजन तथा रुरुक्षेत्र गाउँपालिका वडा न १ वडा कमिटीले आयाेजना गरेकाे पार्टी कार्यकर्ता प्रशिक्षणमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले कम्युनिस्ट पार्टीकाे नैतिकता ,सिद्धान्त र गन्तव्य भुलेर नेपाली काँग्रेस जस्तो दलाल पुँजीवादी पार्टीको पुच्छर बनेर कम्युनिस्ट क्रान्तिकारितालाई बदनाम गराएकाे आराेप उनले लगाएका छन । कुनै पनि निर्वाचन पार्टी र व्यक्तिले मात्र हार्दैन बल्कि देशलेनै चुनाव हार्छ त्यसैले देशकाे राष्ट्रिय स्वाभिमान रक्षाका लागि एमालेले अबकाे निर्वाचन जित्नु अपरिहार्य रहेकाे भन्दै पार्टी कार्यकर्ता लाई एक जुट भएर लाग्न नेता श्रेष्ठले आग्रह गरे । पार्टीको तत्कालीन कार्यनीति र आसन्न निर्वाचनका विषयमा प्रशिक्षण दिँदै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका ईन्चार्ज हिमाल श्रेष्ठले समृद्ध नेपाल र शुखि नेपाली बनाउने एमालेकाे महान अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे । नेकपा एमालेले विगत देखि अहिले सम्म सरकारमा रहँदा गरेकाे जनपक्षीय कामकाे प्रचार प्रसार नभएकाले निर्वाचनमा एमालेका जनपक्षीय कामहरुकाे फेहरिस्त बाेकेर जनता समक्ष कार्यकर्ता नेता पुग्नु पर्ने इन्चार्ज श्रेष्ठले बताए । प्रशिक्षण कार्यक्रममा जनताकाे बहुदलिय जनवाद र समाजवादका आधार विषय कार्यकर्ताका माझ राख्दै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका सहइन्चार्ज शेषनारायण पौडेलले बहुदलीय जनवाद नेपाली राजनीतिकाे विशिष्ट सिद्धान्त भएकाे बताउँदै हरेक कार्यकर्ता विचारमा प्रतिवद्द हुनुपर्ने र विचारकाे अस्त्र हतियारकाे अस्त्र भन्दा बलियाे हुने धारणा राखे । नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी पन्थले पार्टी मुटु र जनसँगठन रक्त सन्चालन गर्ने नशा भएकाले जन सँगठन चलाएमान रहनु पर्ने धारणा राखिन । नेकपा एमाले गुल्मी पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग सदस्य कृष्ण ज्ञवालीले डिजिटल युगमा नेकपा एमालेका हरेक सदस्य डिजिटल सदस्यकाे रुपमा विकसित हुनु पर्ने बताउँदै कार्यकर्ता हरुलाई मिडिया मैत्रि बन्दै पार्टीले गरेका काम मिडिया र सामाजिक सन्जालकाे अत्यधिक प्रयाेग गरेर प्रचारप्रसार गर्न सुझाव दिए । नेकपा एमाले रुरुक्षेत्र वडा न १ वडा कमिटीका अध्यक्ष नवराज वि क काे अध्यक्षतामा भएकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वडा कमिटी उपाध्यक्ष लक्ष्मी भट्टराईले स्वागत र वडा कमिटी सचिव चिरन्जिवि ज्ञवालीले कार्यक्रम सन्चालन गरेका थिए । शनिवार नै रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारमा पनि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । भाद्र अठार बाट नेकपा एमाले वडा स्तरिय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरिरहेकाे र ५ वटा वडाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे र वडा न ५ मा मात्र प्रशिक्षण कार्यक्रम बाँकि रहेकाे नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका सचिव ताेयनारायण ज्ञवालीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...