भ्रातृ संस्थाको नेतृत्वमा देउवाको एकलौटी, शेखर पक्षले बोलायो बैठक


काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुको पुनर्गठनमा सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा देउवाले पार्टीभित्र कुनै परामर्श गरेनन् ।

डा.शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेको हो ।

सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् ।

मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । सभापति देउवाले कुनैपनि भ्रातृ संस्थाको नेतृत्व दिन नचाहेपछि संस्थापनइतर पक्ष आक्रोशित छ । यिनै विषयमा छलफल गर्न शेखर समूहको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि बस्ने बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य र अन्य नेताहरुलाई बोलाइएको छ । बैठकमा भ्रातृसंस्था गठनमा संस्थापन पक्षले गरेको एकलौटी निर्णय र संसदीय निर्वाचनको टिकट बाँडफाँटमा समेत हुनसक्ने अन्यायबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...