स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव


२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौँंं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् ।

डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगिता मिश्रा प्रमुख विशेषज्ञको जिम्मेवारीमा थिए । सरकारको यो निर्णयसँगै अब उनीहरु स्वास्थ्यका अतिरिक्त स्वास्थ्य सचिव हुनेछन् ।

‘धेरै समयअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइको रहेछ । तर, त्यसलाई पछि परिवर्तन गरेर प्रमुख विशेषज्ञ बनाइएको रहेछ,’ मन्त्री खापुङले अनलाइखबरसँग भने, ‘१२ औं तहका कर्मचारी पनि विशिष्ट श्रेणी सचिव सरहको पद हो । प्रमुख विशेषज्ञ भन्ने शब्द उपयुक्त नभएको गुनासो आएपछि त्यसको ठाउँमा परिवर्तन गरेर अतिरिक्त सचिव राखिएको हो ।’

मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव बनाउन गत २२ साउनमा मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा नाम अतिरिक्त स्वास्थ्य सचिव राखिए पनि कामकाज भने प्रमुख विशेषज्ञकै हुने मन्त्री खापुङले बताए ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...