सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद, आजदेखि सुनुवाइ हुने


१० भदौ, काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ ।बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।

बलात्कारको दाबी र त्यतिको प्रतिवादमा मुद्दाको सुनुवाइ केन्द्रित हुनुपर्नेमा सन्दिप लामिछानेका कानुन व्यवसायीहरुले सुरुदेखि नै पीडित घटनाको दिन बालिग भइसकेको दाबी गर्दै त्यससम्बन्धी कागजात पेस गरेका थिए । सन्दीपले पेस गरेको कागजातलाई आधार देखाएर उच्च र सर्वोच्च अदालतले समेत उनलाई धरौटीमा छाड्ने आदेश दिएकोमा अहिले ती सबैजसो कागजात शंकास्पद देखिएका छन् ।

वडा कार्यालयको अभिलेख

सन्दीपले पीडितको जन्मदर्ता रहेको भनिएको वडा कार्यालयको कागजात पेस गर्दै उनको जन्ममिति १८ जेठ २०६२ भनी दाबी गरेका थिए । घटना भएको दिन पीडित १८ वर्ष पुरा गरेकी बालिग रहेको भन्ने दावी गर्न सन्दीपले उक्त कागजात पेस गरेका थिए ।

सम्बन्धित वडा कार्यालयले सन्दीपको दाबी अनुसारको विवरण त पठाएको छ, तर पीडितको जन्मदर्ताको फारम र अभिलेख आफूकहाँ नभएको दाबी गरेको छ । जब कि उसले घटनाको केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा नागरिकताको सिफारिसका लागि पठाएको जन्मदर्ताको अभिलेख अर्कै छ ।

जिल्लामा अभिलेख नै नरहेको कागजात पेश गरेकोमा गतसाता इजलासले प्रश्न उठाएको हो । सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट त्यसको प्रमाणित प्रति मगाउनु भनी अदालतले गरेको आदेशमा समेत सन्दिपले विवरण खुलाउन सकेनन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’ उनले गत आइतबार अदालतमा कागज गर्दै भनेका थिए, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाह छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाह छैन ।’

नाममात्रै मिल्ने कागजात

सन्दीप लामिछानेले जिल्ला अदालत, काठमाडौंमा गौशाला-२६ जन्मदा अस्पतालको दर्ता किताब भनी एउटा कागजात पेस गरेका थिए । सन्दीपमाथिको बलात्कार आरोपको न्याय निरुपणका सिलसिलामा जिल्ला अदालतले पिडित जन्मिदाको जन्मदर्ता अभिलेख समेत मगाएको थियो । पीडित गौशालाको जन्ममिति १८ जेठ २०६१ उल्लेख गरिएको त्यो कागजात समेत शंकास्पद भेटिएको हो ।

उक्त दर्ता कितावको विवरण भिडाउदा पीडितको आमाको नाममात्रै मिल्छ, थर मिल्दैन । उक्त कितावमा गौशाला-२६ को जन्म हुँदा उनको आमाको उमेर २८ वर्ष भनी उल्लेख गरेका छन् । त्यो आधारले हेर्दा उनको आमा २०३३ सालमा जन्मिएको भन्ने विवरण खुल्छ । जुन विवरण सन्दिपले पेस गरेको थप अर्को कागजातसँग बाझिन्छ ।

एक आपसमा बाझिन्छ

पीडितले प्रहरीमा पेु गरेको जाहेरीमा ५ भदौं २०७९ मा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई होटलमा लगेर जबर्जस्ती गरेको उल्लेख छ । लामिछानेले घटना भएको मितिमा पीडित १८ वर्ष पूरा भइसकेकी बालिग थिइन् भन्ने प्रमाणित गर्न ज्यादा मेहनत गरेका छन् ।

सन्दीपले बसाइँसराइ कागजात, कक्षा ८ को भर्ना किताब र उनी जन्मेको भनी दाबी गरिएको अस्पतालको दर्ता किताबको फोटोकपी अदालतमा पेस गर्दै त्यसको सक्कल प्रति झिकाउन माग गरेका थिए । बसाइँसराइको अभिलेख किताबसमेत शंकास्पद रहेको जिल्ला अदालत स्रोतले बताउँछ ।

परिवारको विवरण भएको उक्त दर्ता किताबमा पीडितको आमा २०५३ सालमा जन्मेको विवरण समावेश छ । जसको आधारमा आमा ९ वर्षको हुँदा पीडितको जन्म भएको अर्थ लाग्छ ।

‘यो मुद्दाको विषयमा अदालत संवेदनशिल भएन, अंग पुगेको मुद्दामा विभिन्न कागज मगाउने नाममा मुद्दा अल्मल्याउने काम भएको छ,’ अधिवक्ता मोहना अन्सारीले भनिन्, ‘प्रत्यक्ष बाहेकका तथ्यले केहि दिदैन । सर्वोच्चले दिएको निरन्तर सुनुवाइको आदेश पनि वेवास्ता भएको छ । यसरी लामो समय मुद्दालाई लम्ब्याएर के गर्न खोजिएको हो, त्यसको जवाफ न्यायालयले दिनुपर्छ ।’

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...