शक्तिकेन्द्रहरु बीच राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भएको छ : एमाले उपमहासचिव ज्ञवाली


बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले सरकारमा भाग खोजेर आश्चार्यजनक व्यवहार देखाएको बताएका छन् । राष्ट्रपतिमा भाग खोजेकोप्रति इंगित गर्दै ज्ञवालीले काँग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्दतीको धज्जी उडाएको आरोप लगाए ।

zएमाले गुल्मीको छैटौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले नेकपा माओवादी केन्द्र सहमतीबाट पछाडि नहट्ने विश्वास व्यक्त गरे । सरकार गठन गर्ने क्रममै राष्ट्रपति र सभामूख एमालेले पाउने गरी सहमती भएका कारण उक्त सहमतिबाट माओवादी व्याक नहुने दाबी गरे । केही दिनअघि सम्पन्न माओवादी केन्द्र स्थायी कमिटीको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति अनुसार अघि बढ्ने निर्णयप्रति इंगित गर्दै ज्ञवालीले अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भैरहेको उल्लेख गरे ।

‘राष्ट्रिभक्तिपूर्ण आन्दोलन कमजोर बनाउने, राजनीतिक अस्थिरता बनाईराख्न, विभिन्न संस्थाहरु न्यायलय राष्ट्रपति जस्तो संस्था बिवाबिद बनाउने प्रयत्न भैरहेको छ ।’–उपमहासचिव ज्ञवालीले भने,–‘यी सबै चुनौति र घेरा तोड्दै अहिलेको गठबन्धन समीकरण अघि बढ्नु पर्छ । यसको विकल्प छैन ।’ गठबन्धन तलमाथि हुँदा धेरै उथलपुथल हुनेछ बताउँदै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यसैगरी वर्तमान सरकारले राम्रो सन्देश दिएको दाबी गर्दै उनले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम समेत राम्रो भएको उललेख गरे । नयाँ सरकार गठन भएसँगै शेयरबजारमा राम्रो संकेत देखिएको बताउँदै उनले ब्यवसायीहरुमा राहातको महसुस देखिएको उल्लेख गरे ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...