शक्तिकेन्द्रहरु बीच राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भएको छ : एमाले उपमहासचिव ज्ञवाली


बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले सरकारमा भाग खोजेर आश्चार्यजनक व्यवहार देखाएको बताएका छन् । राष्ट्रपतिमा भाग खोजेकोप्रति इंगित गर्दै ज्ञवालीले काँग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्दतीको धज्जी उडाएको आरोप लगाए ।

zएमाले गुल्मीको छैटौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले नेकपा माओवादी केन्द्र सहमतीबाट पछाडि नहट्ने विश्वास व्यक्त गरे । सरकार गठन गर्ने क्रममै राष्ट्रपति र सभामूख एमालेले पाउने गरी सहमती भएका कारण उक्त सहमतिबाट माओवादी व्याक नहुने दाबी गरे । केही दिनअघि सम्पन्न माओवादी केन्द्र स्थायी कमिटीको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति अनुसार अघि बढ्ने निर्णयप्रति इंगित गर्दै ज्ञवालीले अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भैरहेको उल्लेख गरे ।

‘राष्ट्रिभक्तिपूर्ण आन्दोलन कमजोर बनाउने, राजनीतिक अस्थिरता बनाईराख्न, विभिन्न संस्थाहरु न्यायलय राष्ट्रपति जस्तो संस्था बिवाबिद बनाउने प्रयत्न भैरहेको छ ।’–उपमहासचिव ज्ञवालीले भने,–‘यी सबै चुनौति र घेरा तोड्दै अहिलेको गठबन्धन समीकरण अघि बढ्नु पर्छ । यसको विकल्प छैन ।’ गठबन्धन तलमाथि हुँदा धेरै उथलपुथल हुनेछ बताउँदै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यसैगरी वर्तमान सरकारले राम्रो सन्देश दिएको दाबी गर्दै उनले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम समेत राम्रो भएको उललेख गरे । नयाँ सरकार गठन भएसँगै शेयरबजारमा राम्रो संकेत देखिएको बताउँदै उनले ब्यवसायीहरुमा राहातको महसुस देखिएको उल्लेख गरे ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...