झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ गाउँमा ।।


कृष्ण अन्जान
चन्द्रकाेट मजुवा
असौज महिनाकाे मध्य कटिसकेकाे छ ,तैपनि झरीले छाडेकाे छैन , फर्कि फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटाघाटा भत्केका छन ,पहिराे झरेकाे छ ।खाेला नाला बढेका छन तर पनि सँघिय र प्रदेशमा उम्मेदवार मनाेनयन भए सँगै गुल्मीमा उम्मेदवार हरुकाे चुनावी अभियान शुरु भएकाे छ ।
यतिबेला गुल्मी क्षेत्र न १ का लागि एमाले उम्मेदवार नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरोलाई छल्दै चन्द्रकाेटका आम मतदाता र कार्यकर्तालाई भेट्न गाउँ गाउँ र टाेल टाेलमा पुग्नु भएकाे छ ।
मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका काम हरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवस्यक छन भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र आम मतदाता सँग छलफल गर्नु भएकाे छ । यसैगरि नेकपा एमालेबाट प्रदेश सभा १ क का उम्मेदवार चिन्तामणी पाण्डे पनि सँगै हुनुहुन्छ ।
कार्यकर्ताहरुले मुख्यतया रुद्रवेणि वामिटक्सार ,मजुवा शान्तिपुर सडककाे स्तराेन्नतिका मागहरूलाई जाेडदार रुपमा उठाएका छन ।
कार्यकर्ताका जिज्ञाशाकाे उत्तर दिँदै नेकपा एमाले उपमहासचिव समेत क्षेत्र न १ का सँघिय सँसदका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले रुद्रवेणि वामिटक्सार सडक वैशाख सम्म सम्पन्न हुने बताउनु भयाे । एमाले नेता ज्ञवालीले डहरे खाेलाकाे पुल निर्माणकाे प्रकृयामा रहेकाे ,खर्ज्याँग गौँडाकाेट जुभुँग मजुवा शान्तिपुर सडक निर्माण कार्य हुँदै गरेकाे साथै मजुवामा कृषि ,पशुपालनकाे प्राविधिक अध्ययन हुने गरि कृषि प्राविधिक शिक्षालय ,सिँचाइ लगाएतका क्षेत्रमा चन्द्रकाेटमा काम गरकाे बताउनु भयाे ।
मुख्य रुपले सत्तरी सालमा दुईजनाले शिलान्याश गरेकाे रिडीकाे तिनमुखे पुल , २०७४ सालसम्म कुनै काम अगाडि नबढेको र एमाले सरकार निर्माण भईसकेपछि बजेट बिनियाेजन भएपछि काम सम्पन्न भएकाे ,कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्ग काे निर्माण कार्य सँगै खरकाे छाना मुक्त अभियान ,खानेपानी शिक्षा स्वास्थ खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट धेरै काम गरेकाे बताउनु भयाे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा राष्ट्रिय राजनीति तर्फ इँगित गर्दै एमाले नेता ज्ञवालीले राष्ट्रियता वलियाे बनाउन र देश बचाउन एमालेकाे जित अनिवार्य भएकाे बताउनु भयाे ।
कार्यकर्ता भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य जँग नेपालीले एमालेकाे सरकार पछि बनेकाे सरकारले कुनै जनमुखी कार्यक्रम नल्याएको बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै क्षेत्र न १ क का प्रदेश सभा उम्मेदवार चिन्तामणी पाण्डेले युवा लक्षित कार्यक्रम सँगै जनमुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेकाे बताउनु भयाे ।
कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा एमाले चन्द्रकाेट गाउँपालिका अध्यक्ष टँकनाथ अर्यालकाे अध्यक्षतामा भएकाे थियाे ।
यसै गरि चन्द्रकाेट गाउँपालिका वडा न ७ साेतामा पनि साेमबार नै कार्यकर्ता सँग अन्तरकृया गरिएकाे छ भने मजुवा बजारमा मतदाता सँग प्रदिप कुमार ज्ञवालीले भेटघाट गर्नु भएकाे थियाे ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...