आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली : कतै हल्का वर्षाको सम्भावना


काठमाण्डौ – आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी केही भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...