गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने


काठमाण्डाै – गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४  मिलिमिटर वर्षा भएको छ ।

यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, धादिङ धुनीबेशीमा ७१ दशमलव ४, काठमाण्डौको बूढानीलकण्ठ आसपासमा ३६ मिलिमिटर र ललितपुरको लेलेमा ६० दशमलव ४  मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक/दुई ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । तर, पश्चिमी क्षेत्रमा भने तत्काल मनसुनी वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा अहिले पश्चिमी वायुको प्रभाव धेरै छ । यसकै कारण त्यस क्षेत्रमा मनसुन प्रवेश गर्न एक/दुई दिन लाग्ने मौसमविद्को भनाइ छ । नेपालमा हिजो मनसुन भित्रिएको हो ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएकोे छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...