गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने


काठमाण्डाै – गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४  मिलिमिटर वर्षा भएको छ ।

यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, धादिङ धुनीबेशीमा ७१ दशमलव ४, काठमाण्डौको बूढानीलकण्ठ आसपासमा ३६ मिलिमिटर र ललितपुरको लेलेमा ६० दशमलव ४  मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक/दुई ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । तर, पश्चिमी क्षेत्रमा भने तत्काल मनसुनी वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा अहिले पश्चिमी वायुको प्रभाव धेरै छ । यसकै कारण त्यस क्षेत्रमा मनसुन प्रवेश गर्न एक/दुई दिन लाग्ने मौसमविद्को भनाइ छ । नेपालमा हिजो मनसुन भित्रिएको हो ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएकोे छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ । 

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...