Breaking news 1

आजदेखि छठ पर्व शुरु, जलाशयमा छठघाट निर्माण र सरसफाइको काम चल्दै

आजदेखि छठ पर्व शुरु, जलाशयमा छठघाट निर्माण र सरसफाइको काम चल्दै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – तिहार सकिएसँगै आजदेखि छठ पर्व शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट शुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ । छठ पर्वको तयारीका लागि स्थानीयबासिन्दा नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र ...
पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ - नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो । भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झण्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । ...
तिहार : उज्यालो, सद्भाव र संस्कृतिको पर्व

तिहार : उज्यालो, सद्भाव र संस्कृतिको पर्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीनेपालीहरूको दोस्रो ठूलो र अत्यन्तै रमणीय चाड तिहार हो । यसलाई यमपञ्चक र दीपावलीका नामले पनि चिनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वले नेपाली समाजमा विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको छ । शरद ऋतुको आगमनसँगै खेतबारीमा धानका बाला झुल्न थालेका हुन्छन् । चारैतिर सयपत्री र मखमली फूलहरू ढकमक्क फुलेका हुन्छन् । यस्तो मनमोहक वातावरणमा भित्रिने तिहारले हरेक नेपालीको घरआँगनमा उमङ्ग र उत्साह छर्दछ ।तिहारको पौराणिक तथा धार्मिक महत्त्वतिहार पर्वको पछाडि विभिन्न पौराणिक कथाहरू जोडिएका छन् । मुख्यतया सूर्यका पुत्र यमराज र पुत्री यमुनाको कथा यस पर्वसँग सम्बन्धित छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन आफ्नो घरमा निम्तो दिएर विशेष पूजाआजा र सत्कार गरेकी थिइ...
तिहार: भोलि मुख्य दिन भाइटीका, उत्तम साईत र विधि

तिहार: भोलि मुख्य दिन भाइटीका, उत्तम साईत र विधि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलकात्तिक २५ गते बुधबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको मुख्य दिन हो। बिहान ११:०७ बजे भाइटीकाको सबैभन्दा उत्तम साइत रहेको छ। दिनभरि नै टीका लगाउन मिल्ने: साइत ११:०७ बजेको भए पनि आज दिनभरि नै (सूर्यास्त नभएसम्म) भाइटीका लगाउन शास्त्रसम्मत मानिन्छ। टीका लगाइदिँदा दिदीबहिनी पूर्वतर्फ र टीका थाप्दा दाजुभाइ पश्चिमतर्फ फर्केर बस्नुपर्दछ। यस वर्ष चन्द्रमा वृश्चिक राशिमा रहेकाले टीका लगाउने दाजुभाइले चन्द्रमालाई दाहिने वा सम्मुख पार्न यो दिशा उत्तम मानिएको हो। भाइटीकाको विधि र नियममा टीका लगाउनुअघि दियो, कलश, गणेश र अष्टचिरञ्जीवीको पूजा गरिन्छ। दाजुभाइलाई यमराज र यमदूतबाट सुरक्षित राख्न तेल र पानीको धाराले तीन पटक घेरा हालिन्छ। ढोकाको सँघारमा राखेर ओखर फुटाई कालको बाटो छेकिएको मानिन्छ। दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् र ...
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीमहाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका सबैभन्दा चम्किला नक्षत्र हुन्। उनलाई नेपाली साहित्यका 'महाकवि' भनिन्छ। देवकोटा केवल एक कवि मात्र थिएनन्, उनी बहुमुखी प्रतिभाका धनी, अद्वितीय निबन्धकार, नाटककार, र असाधारण अनुवादक पनि थिए। वि.सं. १९६६ कार्तिक कृष्ण औंसी (लक्ष्मीपूजा) का दिन काठमाडौँको धोबीधारामा जन्मिएका देवकोटाको नाम लक्ष्मीको पूजा गर्ने दिन जन्मेकाले 'लक्ष्मीप्रसाद' राखिएको थियो। उनले आफ्नो जीवनकालमा नेपाली साहित्यलाई समृद्ध बनाउन जुन योगदान दिए, त्यसले उनलाई अमर बनाएको छ।नेपाली साहित्यको कवि लक्ष्मीप्रसाद देवकोटाको आधिकारिक जीवनी र इतिहासलाई हेर्दा उनलाई स्वच्छन्दतावादी धाराका प्रवर्तक मानिन्छ, जसले नेपाली भाषालाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेले।बाल्यकाल र शिक्षा- लक्ष्मीप्रसाद देवकोटाको जन्म एक मध्यमवर्गीय पण्डित परिवारमा भएको थियो। उनक...
राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलतिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि समयसीमा तोकेको हो।प्रशासनले सूचना जारी गर्दै परम्परागत रूपमा खेलिने देउसीभैलो राति १० बजेभित्र सम्पन्न गर्न जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। प्रशासनले तिहारका बेला सर्वसाधारणलाई असर पर्ने गरी ठूलो आवाजमा साउन्ड सिस्टम तथा डिजे नबजाउन पनि आग्रह गरेको छ। ध्वनि प्रदूषण हुने गतिविधि नगर्न तथा भुइँचम्पा, पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सूचनामार्फत सचेत गराइएको छ। त्यस्तै, चाडपर्वका अवसरमा...
तिहार: आज कुकुर र लक्ष्मीपूजा एकै दिन , घरघरमा दीपावली मनाईंदै

तिहार: आज कुकुर र लक्ष्मीपूजा एकै दिन , घरघरमा दीपावली मनाईंदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवल नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। आज बिहान कुकुरको पूजा गरी मीठो खानेकुरा खुवाइँदै छ भने साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरी घरघरमा दीपावली गरिँदै छ।यस वर्ष तिथिको घटबढका कारण कात्तिक २२ गते नरकचतुर्दशी, कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान चतुर्दशी र त्यसपछि औँसी तिथि पर्ने भएकाले दुवै पर्व आजै मनाउन लागिएको हो।बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधनातिहारको दोस्रो दिन कुकुरलाई माला लगाई, टीका लगाएर मनपर्ने खानेकुरा खुवाउने परम्परा छ। हिन्दू धर्मशास्त्रमा कुकुरलाई यमराजको दूतका रूपमा लिइन्छ। घरको सुरक्षा गर्ने र मानिसप्रति बफादार रहने प्राणीका रूपमा पनि कुकुरको विशेष महत्त्व छ।आज घरपालुवा मात्र नभई सडकमा रहेका कुकुरलाई समेत पूजा गरी खाने...
स्वावलम्बननै अग्रगमनको कडी

स्वावलम्बननै अग्रगमनको कडी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली‘स्वावलम्बन’ दुईवटा शब्दहरू ‘स्व’ र ‘अवलम्बन’ मिलेर बनेको छ, जसको अर्थ आफ्नो खुट्टामा आफैं उभिनु वा आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि आफैंमा निर्भर हुनु हो। सरल भाषामा भन्नुपर्दा, अरूको सहारा नखोजिकन आफ्नै श्रम, बुद्धि र क्षमतामा विश्वास गरेर अघि बढ्नु नै स्वावलम्बन हो। मानव जीवन र समाजको विकासक्रमलाई हेर्ने हो भने स्वावलम्बन नै त्यो जग हो, जसमा प्रगतिको भव्य महल खडा हुन्छ। त्यसैले भनिन्छ— स्वावलम्बन नै अग्रगमनको वास्तविक कडि (कडी) हो। जसरी एउटा सिक्रीका साना-साना कडीहरू जोडिएर एउटा बलियो साङ्लो बन्दछ, त्यसैगरी व्यक्तिको स्वावलम्बनले समाज र अन्ततः राष्ट्रलाई नै अग्रगमन वा प्रगतिको मार्गमा डोऱ्याउँछ। स्वावलम्बनको महत्त्व र दर्शन- संसारमा कोही पनि व्यक्ति सधैं अरूको भरोसामा अगाडि बढ्न सक्दैन। परावलम्बन (अरूमाथि निर्भर हुनु) ले मानिसलाई कमजोर, परजीवी र स्वाभिमानहीन बना...
सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

सत्तारूढ राजस्वपाका सभापतिले नै गर्न थाले सरकारको आलोचना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँसत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारका गतिविधिमाथि सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्न थालेका छन् । पत्रकार पक्राउ र सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश तथा प्रहरी महानिरीक्षक हेरफेरका विषयमा उनले आलोचनात्मक अभिव्यक्ति दिएका छन् । सरकारका पछिल्ला गतिविधिलाई लक्ष्य गर्दै सभापति लामिछानेले रास्वपाले विधिको शासनमा विश्वास गर्ने बताएका छन् । चितवनमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सत्ता सञ्चालनमा अपरिपक्वता संकेत दिन नहुने धारणा राखेका छन् । ‘हामी त अपरिपक्व भएछौं कि भन्ने सन्देश जाला, हामीबाट सत्ता सञ्चालन हुन्न कि क्या हो भन्ने संशय पैदा होला, यस्तो कुरामा हामी सचेत हुनुपर्छ,’ उनले भने, ‘हाम्रा व्यवहार, क्रियाकलाप, गतिविधि कानुनी राज्यको स्थापनाका निम्ति हुन्, त्यो परिणाम मात्र होइन । लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो । त्यो...
त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंभदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सानी पुर्‍याएको पाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र आर्थिक गतिविधि पुरानै अवस्थामा फर्काउन ७ खर्ब ६ अर्ब ६३ करोड रूपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको मूल्यांकन छ। आयोगका अनुसार बाढीले सबभन्दा बढी पूर्वाधार क्षेत्रमा क्षति पुर्‍याएको छ। ऊर्जा, सडक, पुल, यातायात, सिँचाइ र नदी नियन्त्रणका संरचना प्रभावित भएका छन्। उत्पादनशील क्षेत्र, निजी आवास, सार्वजनिक सेवा र वातावरणमा समेत ठूलो असर परेको छ। मूल्यांकनमा भौतिक संरचनामा पुगेको क्षति र आर्थिक गतिविधिमा परेको नोक्सानी छुट्टाछुट्टै हिसाब गरिएको छ। बाढीबाट भौतिक संरचनामा २ खर्ब ८२ अर्ब ९० करोड रूपैयाँ बराबर क्षति पुगेको आयोगले जनाएको छ। आर्थिक गतिविधि अव...