लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर


बुटवल

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । 

सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य विरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता सङ्ख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए । विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको सङ्ख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने छ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार बिस्तारको कामलाई प्राथमिकता दिइएको मेसु ढकालले बताए । 

अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा  ९ हजार ७६५ वटा शल्यक्रिया मध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । 

अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ । यसैगरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफनर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । संरचना, उपकरण तथा जनशक्ति भन्दा सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित श्रोत साधनबाट भएपनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको उनले उल्लेख गरे ।  

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव बासुदेव उपाध्यायले शल्यक्रियाको लागि बिरामीले महिनौं कुर्नु पर्ने समस्या समाधानका लागि प्रदेश सरकारले प्रयास गरिरहेको बताए । अस्पतालमा सेवा बिस्तारका लागि थप संरचना र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश सरकारकै पहलमा अपरेशन थिएटर बिस्तार भएको र थप बिस्तार गर्दै लैजाने उल्लेख गरे । यसैगरी स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बुटवलाई स्वास्थ्य सेवाको हब बनाउनका लागि पनि प्रादेशिक अस्पताललाई थप गुणस्तर र विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारको गौरव आयोजनाका रुपमा रहेको १२ तले अत्याधुनिक भवन निर्माण सम्पन्न भएपछि लुम्बिनी प्रादेशिक अस्पताल नमुनाको रुपमा स्थापित हुने उल्लेख गरे । प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले अस्पतालको नयाँ भवन निर्माण, सेवा बिस्तार तथा गुणस्तर सुधारमा जोड दिएको उल्लेख गरे । 

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...