भुक्तानीको समस्या हल गरी अर्को महिनादेखि नै बिकास निर्माणले गति लिन्छ : मन्त्री दाहाल


बुटवल

सरकारले पुराना योजनाहरुको वक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तिब्रता दिने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भुक्तानी गर्न बाँकी रहेका योजनाहरुको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तिब्रता पाउने दाबी गरे । 

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार विहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएको स्वीकार गर्दै उक्त समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरु आएको र सोही अनुसार काम अघि बढेकाले महिना दिनभित्रै समस्यको हल हुने उल्लेख गरे । सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरुलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको उल्लेख गर्दै मन्त्री दाहालले असोजपछि निर्माण कार्यलाई तिब्रताकासाथ अघि बढाइने बताए । 

बुटवल–पाल्पा सडक खण्ड अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको कार्यप्रगति बारे जानकारी लिएपछि मन्त्री दाहालले अबको सय दिन भित्रै ब्रेक थ्रू हुनेगरी तिब्रता दिन निर्देशन गरिएको जानकारी गराए । निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तिब्रताका साथ काम गर्न आफूले आग्रह गरेको उनले बताए । बिकास निर्माणका कार्यहरुमा ढिलासुस्ती हुन्छ भन्ने आम धारणालाई सिद्धबाबाको सुरुङ मार्ग निर्माणको योजनाले चिर्न सक्ने अपेक्षा गरिएको उनले बताए । यसैगरी बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्ती बारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उनले निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने जानकारी गराए । निर्माण कम्पनीले विभिन्न समस्याहरु देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भएपनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएकोहुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए । 

भौतिक मन्त्री दाहालले सरकारमा जो आए पनि उस्तै त हो नि भन्ने जनतामा रहेको धारणालाई तोड्ने गरी सरकारले बिकास निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता गरे । ‘सरकारमा जो आए पनि उस्तै त हो, भन्ने जुन मनोविज्ञान छ, त्यस्तो मनोविज्ञान बनाउने प्रयास पनि गरिएको छ । अब यसलाई वर्तमान सरकारले तोड्नु छ ।’–मन्त्री दाहालले भने, दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन, अब बिकास निर्माणमा हाम्रो ध्यान केन्द्रित गरेका छौं ।’ मन्त्री दाहालले सिद्धबाबा सुरुङ मार्गको कार्यप्रगति बारे जानकारी लिएपछि बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षणमा पुगेका छन् । 

छुटाउनुभयो कि ?

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...
नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

काठमाडौँनेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि ...
भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

काठमाडौंभारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका ...
अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

काठमाडौंअमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘...