त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह


काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।  यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए ।

उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर त्रिशूलीमा हराएको बस खोज्न औपचारिक पत्र नपठाए पनि अनौपचारिक कुराकानी भइरहेको छ’ उनले भने ।नेपालका लागि चिनियाँ राजदूत चेन सोङले साउन ७ गते गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । सो भेटको क्रममा पनि विपद् व्यवस्थापनका लागि चीन सरकारसँग सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले पनि चीनबाट नेपाललाई विपद् व्यवस्थापनमा उद्धारका लागि चाहिने सामग्री सहयोग गर्न आग्रह गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको थियो । सो टोलीले एक सातासम्म बस तथा यात्रु खोजबिन गरेको थियो ।

त्रिशूलीमा बस फेला नपरेपछि टोली साउन १३ गते भारत फर्किसकेको छ । बस तथा यात्रु खोज्ने क्रममा उनीहरुले ल्याएको १९ केजीको चुम्बक पनि नदीमा हराएको थियो ।यो समाचार बाहिर आएपछि चिनियाँ राजदूत सोङले त्यसबारे टिप्पणी गरेका थिए ।  उनले एउटा न्युज आफ्नो एक्समा सेयर गर्दै व्यङ्ग्यात्मक ढङ्गले भनेका थिए, ‘त्यसो भए अब चुम्बक खोजौँ ।’यस्तो टिप्पणी आएपछि धेरैले राजदूत सोङको आलोचना गरेका थिए । राजदूत सोङले भारतप्रति टिप्पणी गरेको धेरैको बुझाई थियो ।  राजदूत सोङले यो टिप्पणी गर्न अनुपयुक्त भएको तर्क गर्दै टिप्पणीमा के खराबी छ भनेर प्रश्न समेत गरेका थिए । उनले खोजी कार्यलाई गति दिन र सहजीकरण गर्नुपर्दैन भनी प्रश्न समेत  गरेका थिए ।उनले भनेका थिए, ‘यदि खोजको गति बढाउन चुम्बक आवश्यक छ भने चुम्बक खोज्नुहोस्, चुम्बक हरायो भनी मानिसहरूले खोजी समाप्त भयो भनेर किन सोच्न थालेका छन् ?’ त्यो चुम्बक पछि फेला परेको थियो  । चुम्बक फेला परेपछि राजदूत सोङले एक्समार्फत भनेका थिए, ‘यदि यो सूचना सही हो भने राम्रो खबर हो, अब खोज्नमा ध्यान दिनुपर्छ र छिट्टो गर्नुपर्छ, खोजी गर्ने टिमलाई धन्यवाद ।’ हिजो संसद्मा बोल्दै जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले चिनियाँ राजदूत सोङको आलोचना गरेका थिए । उनले राजदूतलाई आफ्नो टिप्पणी फिर्ता लिन समेत आग्रह गरेका थिए । अहिले आएर गृह मन्त्रालयले त्रिशूलीमा खसेको बस खोजिदिन चीनलाई आग्रह गरिरहेको छ । राजदूत सोङ पनि त्यसमा सकारात्मक देखिएको बुझिएको छ । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...