सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔंः रघुजी पन्त


काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षाका सन्दर्भमा राम्रो काम गरिरहेको भन्दै स्पष्टरुपमा कार्यक्षेत्र निर्धारण गर्न आवश्यक रहेको बताएका हुन् ।उनले सशस्त्र प्रहरीलाई नेताको सुरक्षा र कारागारको सुरक्षामा राख्न नहुने बताए । ‘सशस्त्र प्रहरीलाई नेताहरुको सुरक्षा र कारागारको सुरक्षामा लगाउनेभन्दा यसलाई सीमा सुरक्षामा केन्द्रीत गरौं । भारतमा त बीएसपी छ । हाम्रोमा पनि कार्यक्षेत्र प्रष्ट डिफाइन गरौं,’– नेता पन्तले भने ।साथै, उनले नेपालका नेताहरु पनि सुध्रिन आवश्यक रहेको बताए । थ्रेट भएका भन्दा बाहेक अरु नेताहरुले प्रहरी अघिपछि लगाएर हिँड्न आवश्यक नरहेको उनको भनाइ छ । नेता पन्तले अरु देशका राष्ट्रपति, उपराष्ट्रपतिहरुले विमानस्थलमा आफ्नो सुड्केस आफैं लिएर हिँड्ने गरेको बताउँदै नेपालका नेताहरुले राज्यको सुरक्षा निकायको दुरुपयोग गर्न नहुने बताए ।

‘राजनीतिज्ञहरुको सुध्रिनुपर्यो । म पनि मन्त्री भएकै हुँ । तीन चोटी सांसद भएँ, दुई पटक प्रधानमन्त्रीको सल्लाहकार भएँ । हामी राजनीतिज्ञहरु थ्रेट भएका जतिले सेक्युरेटी लिउँ । हामी एकचोटी मन्त्री हुँदैमा पुलिस पछाडि लगाएर हिँड्नुको औचित्य के छ ? यो हामी आफैंले आफैंलाई सोध्ने प्रश्न हो । हामीले गरेको कामबाट जनतासँग अलोकप्रिय छौं । कुनै पनि बेला आक्रमण हुनसक्छ । त्यसकारणले हामीलाई सुरक्षा चाहियो भनेको हो ?’ उनले प्रश्न गरे ।

साथै, उनले उग्रहिन्दुत्वको नाममा हुने गतिविधि रोक्न र विदेशी लगानीमा बन्ने गरेका चर्चहरुमाथि पनि निगरानी बढाउन उनले आग्रह गरेका छन् । राज्यले कुनै पनि धर्मलाई संरक्षण र विभेद गर्न नहुने बताउँदै उनले धर्म प्रचार प्रसारका गतिविधिमा कडाइ गर्नुपर्ने बताए ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...