सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔंः रघुजी पन्त


काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षाका सन्दर्भमा राम्रो काम गरिरहेको भन्दै स्पष्टरुपमा कार्यक्षेत्र निर्धारण गर्न आवश्यक रहेको बताएका हुन् ।उनले सशस्त्र प्रहरीलाई नेताको सुरक्षा र कारागारको सुरक्षामा राख्न नहुने बताए । ‘सशस्त्र प्रहरीलाई नेताहरुको सुरक्षा र कारागारको सुरक्षामा लगाउनेभन्दा यसलाई सीमा सुरक्षामा केन्द्रीत गरौं । भारतमा त बीएसपी छ । हाम्रोमा पनि कार्यक्षेत्र प्रष्ट डिफाइन गरौं,’– नेता पन्तले भने ।साथै, उनले नेपालका नेताहरु पनि सुध्रिन आवश्यक रहेको बताए । थ्रेट भएका भन्दा बाहेक अरु नेताहरुले प्रहरी अघिपछि लगाएर हिँड्न आवश्यक नरहेको उनको भनाइ छ । नेता पन्तले अरु देशका राष्ट्रपति, उपराष्ट्रपतिहरुले विमानस्थलमा आफ्नो सुड्केस आफैं लिएर हिँड्ने गरेको बताउँदै नेपालका नेताहरुले राज्यको सुरक्षा निकायको दुरुपयोग गर्न नहुने बताए ।

‘राजनीतिज्ञहरुको सुध्रिनुपर्यो । म पनि मन्त्री भएकै हुँ । तीन चोटी सांसद भएँ, दुई पटक प्रधानमन्त्रीको सल्लाहकार भएँ । हामी राजनीतिज्ञहरु थ्रेट भएका जतिले सेक्युरेटी लिउँ । हामी एकचोटी मन्त्री हुँदैमा पुलिस पछाडि लगाएर हिँड्नुको औचित्य के छ ? यो हामी आफैंले आफैंलाई सोध्ने प्रश्न हो । हामीले गरेको कामबाट जनतासँग अलोकप्रिय छौं । कुनै पनि बेला आक्रमण हुनसक्छ । त्यसकारणले हामीलाई सुरक्षा चाहियो भनेको हो ?’ उनले प्रश्न गरे ।

साथै, उनले उग्रहिन्दुत्वको नाममा हुने गतिविधि रोक्न र विदेशी लगानीमा बन्ने गरेका चर्चहरुमाथि पनि निगरानी बढाउन उनले आग्रह गरेका छन् । राज्यले कुनै पनि धर्मलाई संरक्षण र विभेद गर्न नहुने बताउँदै उनले धर्म प्रचार प्रसारका गतिविधिमा कडाइ गर्नुपर्ने बताए ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...