केरला पहिरो अपडेट : १५८ जनाको मृत्यु, १८७ बेपत्ता


१६ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।वायनाडा जिल्लाको मुन्दाक्कै र चोरलमालामा गएको भीषण पहिरोमा परी १८७ जना बेपत्ता भएका छन् ।केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ ।अहिले पनि भारी वर्षा भइरहेको र पुलहरू बगेका कारण उद्दारमा कठिनाइ भइरहेको छ ।भारी वर्षाका कारण केरलाका १४ जिल्लामध्ये १२ जिल्लाका विद्यालय र कलेज बन्द गरिएको छ ।भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...