रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।


गुल्मी । आर्थिक रुपमा थला पर्दै गएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस भित्रको वेथिती अन्त्य गर्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी निर्मम बन्ने संकेत देखाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत देखाएका हुन् ।

भलामीले राजनीतिक नियुक्ती जस्तो गरि प्राध्यापक र कर्मचारी भर्ना हुने , सञ्चालक समिति पनि राजनैतिक भागबण्डा मै चुनिने भएकोले क्याम्समा बेतिथी आएको धारणा राखे ।
उनले भने– ‘यहाँ भित्रका बेथिती र अनुत्तरदायि प्रबृत्ति देखिएको पाईयो, त्यसको अन्त्य गर्दै क्याम्पसलाई पुरानै लयमा होईन, नयाँढंगबाट सञ्चालन गर्नका लागि हामी निर्मम बन्न तयार छौं र हामी भन््न चाहन्र्छा कि राजनीतिक कोट र जुत्ता गेट बाहिरै निकालेर विद्यार्थी पढाउन क्याम्पस छिर्नुस ।”

७ महिना देखिको प्राध्यापक कर्मचारीहरुको झण्डै डेढ करोड रुँपैयाँ तलव खुवाउन नसकेको कारण देखाउँदै गत साउन २९ गते क्याम्पस सञ्चालक समितिले ६ महिना सम्मका लागि आर्थिक संकटकाल घोषणा गरेको थियो ।

उक्त संकटकाल घोषणालाई भलामीले ‘सुनसान तलाउमा ढुङ्गा फाले र तरङ्ग पैदा गरेको तर्क सुनाए । उनले भने– ‘हो मैले भन्दै पनि आएको छु, संकटकाल घोषणा गरेर हामीले एउटा सुनसान तलाउमा ढुङ्गा फालेर सबैको ध्यान क्याम्स तर्फ केन्द्रित गर्न खोजेकै हो ।’

हामीले अहिले क्याम्पसको बेथिती सुधारका लागि संकटकाल घोषणा गरेपछि पनि पत्रकार देखि नेताहरु सम्म गुहारेर क्याम्पसप्रति नकारात्मक धारणा सिर्जना गराउने, विद्यार्थीहरुलाई क्याम्पस खत्तम भयो यसमा नआउ भन्नेहरु पनि क्याम्पसभित्र कै केहि प्राध्यापकहरु हुनुहुन्छ ।

जबकी एउटा बिरामी बाँच्नका लागि अस्पताल आउँदा डाक्टरले नै यो अस्पतालमा उपचार राम्रो हुन्न , तँ बाँच्दैनस भन्यो भने त्यो बिरामी कहाँ जाला रु उनले प्रतिश्न गर्दै भने, यस क्याम्पसका प्राध्यापकहरु पनि विद्यार्थीहरुलाई त्यस्तै नकारात्मक धारणा सिर्जना गराएका छन्, त्यसको हिसाबकिताब संंचालक समितिले अवश्य गर्नेछ ।
उनले क्याम्पसभित्रको बेथिती अन्त्यका लागि मेजर अर्पेशन नै गर्नपर्ने देखिएको तर अर्पेशनका लागि आवश्यक श्रोत–साधन अपुग भएकोले सामान्य अर्पेशन सुरु गर्न थालिएको उनले प्रतिक्रिया दिए ।

उनले २० औं वर्ष सेवा गरेका प्राध्यापकहरु प्रति सम्मान प्रकट गर्दै स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरिएको बताए । स्वेच्छिक अवकाश हुन नचाहानेका लागि अनिवार्य अवकाश गराउन आफुहरु बाध्य हुने भलामीले बताएका छन् । उनले हाललाई ९ जना प्राध्यापक , कर्मचारीहरु कटौती गर्ने, उनिहरुले विगतमा लिदै आएका अतिरिक्त सुविधाहरु समेत रोकिने बताए ।

क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गएपछि आफुहरुले आर्थिक संकटकाल घोषणा गरि प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताएका हुन् ।

क्याम्पसमा विद्यार्थी भन्दा अस्वभाविक ढंगबाट प्राध्यापक र कर्मचारीहरु भर्ना भएको बताउँदै त्यसको भार कम गर्न कटौती बाहेकको उपाय नभएपछि क्याम्पसमा साउन २९ गते संकटकाल घोषण गरिएको दोहराए । हालै गुल्मीको रेसुंगा नगरपालिकाले क्याम्पसलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको प्रति धन्यवाद दिदै भलामीले अन्य स्थानीय तहबाट पनि आर्थिक रकम जुटाउन पहल भईरहेको बताए ।

क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रुपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ । ‘प्राध्यापक र कर्मचारी राजनीतिक बाँडफाँडबाट आवश्यक भन्दा बढी नियुक्त भएका छन् ।’ संचालक समितिका अध्यक्ष भलामीले भने, “विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत बन्द भएपछि हरेक वर्ष झण्डै डेढ करोड बढी ऋणको भार थपिएको छ ।” उनले अब प्राध्यापक र कर्मचारी कटौती पछि क्याम्पसको समस्याको समाधान हुने र क्याम्पस बिरुद्ध छरिएका नकरात्मक भ्रम प्रति आम शिक्षा प्रेमी जनसमुदाय सचेत रहन समेत आग्रह गरे ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...