वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।


कृष्ण अन्जान ,गुल्मी

नेकपा एमाले गुल्मीको पार्टी कार्यालय तम्घासमा साेमवार बिहानै देखि चहल पहल छ ।त्यसाे त एमाले पार्टी कार्यालय तम्घासमा यसै पनि चहल पहल भई रहन्छ तर याे चहलपहलकाे प्रयाेजन बेग्लै छ ।

अघिल्लाे दिननै एमाले गुल्मीका शिर्ष नेताहरु तम्घास पुगि सकेका थिए भने उम्मेदवार चयनका विषयमा एमालेले जिल्ला कमिटीकाे बैठक आयाेजना गरेकाले एमाले कार्यकर्ताहरुकाे चहल पहल नहुने कुरे भएन ।

अझ त्यसैमा पनि एमालेबाट बिभाजन भएर गएका हस्तिहरु सँघिय र प्रादेशिक निर्वाचनकाे चहल पहल बढिरहँदा एमालेलेमै फर्किने तयारीले एमाले गुल्मी उत्साहित हुनु स्वाभाविक थियाे ।

यसै बिच पार्टी कार्यालयमा आयाेजित विशेष समारोहका बिच नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको सनसनी पुर्ण कार्यक्रम शुरुभयाे ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट द्वारा केन्द्रीय सदस्यद्वय गणेश खनाल र नरेश भण्डारीसहितको नेता कार्यकर्तालाई एमालेमा स्वागत गरे ।

नेकपा समाजवादीका केन्द्रीय सदस्य गणेश खनाक गुल्मी जिल्ला इन्चार्ज थिए भने पुर्व पत्रकार समेत रहेका नरेश भण्डारी नेकपा समाजवादीका जिल्ला अध्यक्षसमेत थिए ।

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमा आएको बताउँदै उनले विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमायाचना गर्दै अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यसाे भनिरहँदा पटक पटक उनकाे गला समेत अवरुद्द भयाे याे यसकारण कि लामाे समय साथ रहेकाे छाडेर जाँदा र फेरी उहि घरमा फर्कँदा अन्तरमनकाे अनुभुति पाेखिएकाे अनुमान गरियाे ।

उनले नेपाली कांग्रेसलाई शक्तिमा लैजाने नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको समेत भण्डारीले बताए ।

गणेश खनाल र नरेश भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसीकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी एमाले फर्किएका छन् ।

त्यस्तै नेकपा एसकाे युवा संघका जिल्ला अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको ठूलो टोली एमालेमा समाहित भएको एमालेले बताएको छ ।

याे पार्टी प्रवेशले नेकपा एमालेमा नया उत्साह मात्र हाेईन निर्वाचन आउँदै गर्दा नयाँ उर्जा समेत थपिएकाे छ ।

छुटाउनुभयो कि ?

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...